कृषकका समस्या फरक पाएँ : कृषि मन्त्री

आदर्श समाज सम्वाददाता
श्रावण १८, २०८०
agro min

लमजुङ । गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले हिजोका दिनमा कृषक भएर बुझेको समस्या र आज मन्त्री भएको बुझेको समस्यामा आकाशजमिनको फरक पाएको बताएका छन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कृषि ज्ञान केन्द्र लमजुङले गत आव २०८०/८१ को कार्यक्रम र बजेट सार्वजनिकीकरण कार्यक्रमको बुधबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

मन्त्री जिसीले कृषकका समस्याको उचित समाधान हुन नसक्नुमा कार्यान्वयनको क्षेत्रमा बसेका हामीहरूको नियत ठीक नहुनुको परिणति भएको स्वीकारे । सरकारका नीति र कार्यक्रम जनप्रतिनिधिसम्म त पुगेको रहेनछ भने किसानसम्म त्यो कसरी पुगेको छ भनी विश्वास कसरी गर्ने, उनको प्रश्न थियो । ‘हामी उत्पादनमुखी हुनुपर्नेमा पैसामुखी भएका छौं, समस्याको जड भनेकै त्यही हो,’ उनले उल्लेख गरे ।

२ कार्यकाल जिविसको सभापति तथा संविधानसभाको समेत सदस्य भएका जिसीले नियत सफा भएमा उपरवालाले पनि बचाउँछन् भन्ने उदाहरण दिदँै फिल्डमा के छ ? भन्ने मुख्य कुरा हो भने । उनले बजेट होल्ड गरेर राख्नुमात्र उपलब्धि होइन भन्दै त्यसलाई खर्च गरेर परिणाममुखी बनाउनु अर्को चुनौतीपूर्ण हो भने ।

गण्डकी प्रदेशका सदस्य डा. टकराज गुरुङले सरकारले छोटो अवधिमा नीति कार्यक्रम र बजेट ल्याउनु पर्ने बाध्यता रहेको भए तापनि विगतभन्दा केही फरक कार्य गर्ने सोच प्रदेश सरकारको रहेको बताए । उनले नीतिमा कृषि र बजेटमा पूर्वाधारलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।

जिसस प्रमुख पूर्णबहादुर गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभाका सदस्य पार्वती तामाङ, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी लगायतले शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा कृषि ज्ञान केन्द्रका प्रमुख सुदीप खतिवडाको चालु आवको बजेट ६ करोड १ लाख ६१ हजार रहेको जानकारी दिए । त्यस्तै, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको वार्षिक बजेट ४ करोड ९८ लाख रुपैयाँ रहेको सो कार्यालयका प्रमुख वरिष्ठ पशु चिकित्सक रुपेश श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

  • पोखरा २८ मा कृषियन्त्र र मौरी घार वितरण

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । पोखरा महानगरपालिका २८ ले वडा भित्रका कृषकलाई कृषियन्त्र र मौरी घार वितरण गरेको छ । पोखरा महानगरपालिका २८…
  • धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै

    वासुदेव पौडेल जेठ ४, २०८१
    गण्डकी ।  धानको लोपोन्मुख (रैथाने) प्रजाति हराउँदै गएका छन् । पोखराका विभिन्न तालका किनारा तथा फाँटमा फल्ने पोखरेली जेठोबुढो, पहेँले,…
  • अन्नपूर्णमा धानखेती तालिम

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्नपूर्ण गाउँपालिका वडा ३ र ४ मा धान खेतीसम्बन्धी तालिम भएको छ । अन्नपूर्ण गाउँपालिका कृषि शाखाको आयोजनामा…
  • किसानलाई मौरीसहितको घार अनुदानमा   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    दमौली । बन्दीपुर गाउँपालिका वडा–५ ले वडाका ९२ जना किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । उनीहरू आय बढाउन…
  • ‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    पोखरा । नेपालमा अण्डा उत्पादनका लागि प्रयोग भइरहेको केज प्रणाली कुखुरा कल्याणका लागि उपयुक्त नरहेको अधिकारकर्मीले बताएका छन् । एनिमल…

hero news full width