पोखरामा नाटक महोत्सव सुरु

आदर्श समाज सम्वाददाता
फागुन १४, २०७८
drama~

पोखरा । पोखरामा शुक्रबारदेखि दोस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव सुरु भएको छ । पोखरा थिएटरको आयोजनामा सुरु महोत्सवको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ रायनले लबसन खत्रीले ल्याएको कोसेली लिएर उद्घाटन गरे । यही फागुन १६ सम्म चल्ने महोत्सवमा ८ जिल्लाका १२ नाटक मञ्चन हुँदैछन् ।
कार्यक्रममा श्रेष्ठले आजका बिद्यार्थीहरु भविष्यका नाम चलेका कलाकार बन्न सक्ने भएकाले अहिले नै उनीहरुलाई राम्रो शिक्षा दिन आवश्यक रहेको बताए । सानैमा लिएको अनुभवले भविष्यमा राम्रो मार्गनिर्देशन हुने उनको भनाई थियो । नाटकका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान सधै सहयोग गर्न तयार रहेको रायनले जानकारी दिए । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपती सूर्य खड्का बिखर्चीले नाटकले मनोरञ्जनसँगै शिक्षा दिने बताए । नाटकका माध्यमबाट असल समाज निर्माण गर्न सकिने बिखर्चीले जनाए ।
महोत्सव संयोजक समेत रहेका पोखरा थिएटरका अध्यक्ष परिवर्तनले पहिलो दिनमा ३ नाटक मञ्चन भएको जानकारी दिए । जसमा जीउँदा लासहरु, सक्षम छात्रा र बाल विवाह हुन् । पोखराको गैह्रापाटनस्थित गन्धर्व नाटकघरमा हरेक दिन ३ वटाका दरले नाटक मञ्चन गरिने उनले जानकारी दिए । महोत्सवको दोस्रो दिन शनिबार हराएको खुसी, विदेशिनु पर्दाको पीडा र मेरो समाजका नारी मञ्चन हुने कार्यक्रम छ ।
‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ मूलमन्त्रका साथ आयोजना गरिएको महोत्सवमा गण्डकी प्रज्ञा–प्रतिष्ठानको प्रमुख सहकार्य एवं नेपाल संगीत तथा नाट्य–प्रज्ञा प्रतिष्ठान काठमाडौं र पोखरा प्रज्ञा–प्रतिष्ठान पोखराको सहकार्य छ ।
गएको वर्षदेखि पोखरा थिएटरले गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सवको आयोजन गर्न थालेको हो । त्यसअघि पोखरा महानगरस्तरीय नाटक महोत्सव भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width

trending post

ट्रेन्डिङ्ग