संस्थानप्रति उत्तरदायी बन्न महाप्रबन्धक ईश्वरको निर्देशन

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७८
khanepani sasthans

पोखरा । नेपाल खानेपानी संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले कर्मचारीलाई अनुशासनमा रहेर कार्यालय प्रमुखले दिएको जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन् । जापान सरकार जाइकाको अनुदान तथा नेपाल सरकारको तर्फबाट खानेपानी संस्थानलाई ऋण अनुदानमा निर्माण भइरहेको पोखरा खानेपानी सुधार आयोजनाको कामको विवरण बुझ्न पोखरा आएका उनले निर्देशन दिएका हुन् ।
खानेपानी संस्थान पोखरा शाखामा भएको स्वागत तथा सम्मान कार्यक्रममा उनले करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई स्थायी गर्ने प्रक्रियामा लैजाने बताए । महाप्रबन्धक ईश्वरले कामचोर तथा हाजिर गरेको भरमा संस्थानको जिम्मेवारी लिएको भए संस्थान छोड्नसमेत चेतावनी दिए । व्यवस्थापन, सञ्चालक समिति र कर्मचारी सबैको दायित्व आ–आफ्ना ठाउँमा बराबर भएको भन्दै जिम्मेवारीको भूमिका निभाउन सक्नुपर्ने बताए ।
उनले व्यवस्थापन र कर्मचारी मिलेमात्र संस्थान सबल बन्ने बताएका छन् । नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यालय प्रमुख ई. आशीष कार्कीले उपभोक्तालाई सेवा दिने दायित्व संस्थान र कर्मचारीको भएकोले चुस्त दुरुस्त र प्रभावकारी सेवा दिनुपर्ने बताए ।
पोखरा शाखाअन्तर्गत विन्ध्यवासिनी इकाइ कार्यालय पुगेका महाप्रबन्धक ईश्वरलाई इकाइ कार्यालयले स्वागत गरेको इकाइ प्रमुख ई. सन्तोषकुमार दासले बताए ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width

trending post

ट्रेन्डिङ्ग