आइसीसी टी–२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले महत्वपूर्ण जित हासिल गरेको छ। मलेसियालाई ७ विकेटले पराजित गरेपछि नेपालले उपाधि होडमा कमब्याक गरेको छ। मलेसियाले पेश गरेको ८४ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा ८ ओभरमै पूरा गरेको थियो। वर्षाका कारण खेल ९ ओभरमा झारिएको थियो।
कप्तान पारस ढाडको समस्याका कारण आराम गरेपछि नेपालको ओपनिङ ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरीले सम्हालेका थिए। ज्ञानेन्द्र र प्रदीपले पहिलो विकेटका लागि ६६ रनको साझेदारी गरेपछि नेपालको सहज जित सम्भव भएको हो। यो टी–२० मा नेपाली ब्याट्सम्यानले अहिलेसम्म गरेको सर्वाधिक साझेदारीको कीर्तिमान हो।
ज्ञानेन्द्रले २१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा ५१ रनको कीर्तिमानी पारी खेले। यो नेपाली ब्याट्सम्यानले टी–२० क्रिकेटमा थोरै बलमा अर्धशतक बनाउने कीर्तिमान हो। यसअघि, यो कीर्तिमान विनोद भण्डारीको नाममा थियो। प्रदीपले १४ बलमा १२ रन बनाएर ज्ञानेन्द्रलाई राम्रो साथ दिए।
विनोद भण्डारीले ८ बलमा १ छक्कासहित अविजित १३ रन बनाए। दीपेन्द्र ऐरीले २ रन बनाएर आउट भए। शरद भेषावकर ३ रनमा अविजित रहे। मलेसियाका मोहम्मद स्याहादातले ३ विकेट लिए।
यसअघि, सिंगापुरको इन्डियन एसोशिएसन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ९ ओभरमा ७ विकेट गुमाएर ८३ रनको योगफल खडा गरेको थियो। नेपाली फाष्ट बलर सोमपाल कामीले मलेसियाका दुवै ओपनरलाई पहिलो ओभरमै आउट गरे। पारीको पहिलो बलमै सोमपालले अनवर अरुद्दिनलाई अविनाश बोहोराको हातबाट क्याच आउट गराए। त्यस ओभरको अन्तिम बलमा सोमपालले अर्का ओभर अफिक सरिफलाई एलबीडब्ल्यू धरापमा पारे। अरुद्दिन र अफिक सरिफ दुवैले खाता खोल्न सकेनन्। तेस्रो नम्बरमा आएका सयद अजिजले विष्फोटक ब्याटिङको प्रयास गरे। सोमपाललाई लगातार ३ चौका र सन्दीप लामिछानेको बलमा छक्का प्रहार गरेका उनी सन्दीपकै बलमा दीपेन्द्र ऐरीको हातबाट क्याच आउट भए। उनले १५ बलमा ५ चौका र १ छक्कासहित ३० रनको योगदान गरे।
त्यसअघि, सोमपालले आफ्नो तेस्रो विकेट लिने क्रममा अमिनुद्दिन राम्लेलाई बोल्ड गरेका थिए। पाँचौं ओभरको पाँचौं बलमा करण केसीले मोहम्मद स्यादातलाई १ रनको व्यक्तिगत स्कोरमा आउट गरे। ६ ओभरको खेल सकिँदा मलेसिया ५४–५ को स्थितिमा थियो।
आठौं ओभरमा अनुभवी स्पिनर बसन्त रेग्मीले २ विकेट झारे। ओभरको अन्तिम २ बलमा उनले क्रमसः विरनदीप सिंहलाई २१ र अहमद फाइजलाई ९ रनको स्कोरमा आउट गरेका हुन्।
आफ्नो पहिलो खेलमा कतासँग हारेको नेपालले अब शनिवार कुवेत र आइतबार सिंगापुरसँग खेल्ने छ। पहिलो खेलमा नेपालले कतारसँग ४ विकेटले अप्रत्यासित हार ब्यहोरेको थियो। यसकारण पनि नेपाललाई मलेसियासँगको खेल जित्नैपर्ने दबाब थियो। प्रतियोगिताको दाबेदार मानिएको नेपालले सिंगापुर जानुअघि मलेसियासँग भएको मैत्रीपूर्ण सिरिजमा ‘क्लीन स्वीप’ गरेको थियो।
Related News
सम्बन्धित समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
क्लबस्तरीय पुरुष भलिबल, जनकल्याण पोखरा–११ फाइनलमा
पोखरामा शनिबार राष्ट्रिय साइकल दौड प्रतियोगिता
फिस्टेल एसइई कप २०८१ को तयारी
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने राष्ट्रिय भलिबल खेलाडी सम्मानित
hero news full width
मुख्य समाचार
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१