१. प्रहरीको मष्ट वाण्टेड सूचीमा रहेका दिनेश अधिकारी चरीको हालै पुलिससँगको भिडन्तमा मारिए। काठमाडौंका भीमढु·ामा उनी मारिएको समाचारले निश्चय नै समाजमा केही तर· उत्पन्न गर्यो। तर त्योभन्दा बढी तर· अहिले उत्पन्न भइरहेछ।
२. चरी एमाले पक्षधर हुन्। त्यसमा पनि उनी एमाले अध्यक्ष केपी ओली पक्षका थिए र एकताका गाउँ स्तरका पार्टी ो उपाध्यक्ष समेत थिए। यो सबैले जानेका कुरा हो र सर्वविदित हो। त्यसै भएर उनको मृत्युपश्चात् एमालेले के कस्तो गतिविधि गर्ला, त्यो धेरैको प्रतीक्षाको कुरा थियो।
३. नेपालमा राजनीति र अपराधको सम्बन्ध गहिरो छ। अपराध गर्नेलाई छुट दिन हुँदैन भनी उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले भन्दै आएका छन्। उनले पोखरामा भएको सुरक्षाकर्मीहरूको भेलामा पनि त्यही कुरा दोहोर्याए। तर त्यसको लगत्तै प्रहरी भिडन्तमा चरीको मृत्यु भयो।
४. तर कुरा त्यत्तिमै सिद्धिएन। त्यो विषयले संसद्मा प्रवेश पायो। धादिङबाट निर्वाचित एमाले सांसद राजेन्द्र पाण्डेलगायतले चरी भिडन्तमा मारिएको होइन, त्यसको लागि न्यायिक आयोग गठन गरियोस् भनी कुरा उठाए। सभामुखले त्यसमा रुलिङ गरी यथार्थ कुरा राख्न सरकारलाई भने।
५. रुलिङमा उपप्रधान तथा गृहमन्त्री गौतमले उनी भिडन्तमा मारिएको प्रष्ट गरे। उनको त्यो जवाफ सुनेपछि एमाले सांसदहरू दुर्इ पक्षमा विभाजित भएका छन्। त्यसको विरोधमा धादिङ बन्दको आह्वान गरिएको छ। अब त्यो केशले के कस्तो रूप लिने हो, त्यो सबैको जिज्ञासाको विषय भएको छ।
६. सुनिन्छ, चरी आफ्नी प्रेमिकाबाट बढी प्रभावित थिए र विवाह बन्धनमा बाँधिएर साधारण जीवनयापन गर्न चाहन्थे। त्यसको लागि उनी आत्मर्समर्पण गर्ने सोचमा थिए कि त्यो घटना भयो। एमालेका नेताहरूले केही सतर्क भएर त्यस दिशामा काम गरेको भए घटनाले त्यस्तो रूप लिन पाउँदैनथ्यो भनेर पनि भन्ने गरिएको छ।
७. दोहोरो भिडन्त हो होइन, यो विवादको विषय भएको छ। विवाद उत्पन्न भएपछि त्यसलाई सुल्झाउनुपर्दछ। पीडित पक्षको कुरा सुन्नु पनि पर्दछ। फेरि अहिले गृह मन्त्रालय एमालेकै नेताको साथमा रहेकोले गृहमन्त्री बामदेव गौतमको भूमिका सर्वाधिक रहेको छ। यो केशलाई अरु नलम्ब्याई छिटो यथार्थ कुरा जनसमक्ष ल्याएर सुल्झाउन सक्नुपर्दछ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
पोखरा विश्वविद्यालय शिक्षण अस्पताल उद्घाटन
दमौली आगलागी अपडेट : क्षतिको विवरण संकलन गरिँदै
जेठ ७, २०८१प्रधानमन्त्री प्रचण्डलाई चाैथोपटक विश्वासको मत
जेठ ७, २०८१प्रधानमन्त्री दाहालले आज चाैथोपटक विश्वासको मत लिँदै
जेठ ७, २०८१दमौलीको मुख्यचोकका सटरमा मध्यरातमा आगलागी, ३ घण्टापछि नियन्त्रणमा
जेठ ७, २०८१एकातिर खोला, अर्कैतिर पुल
जेठ ६, २०८१