पोखरा । पोखरेली उद्योग व्यवसायीले छिटोभन्दा छिटो कोरला नाका सञ्चालका लागि पहल गरिदिन प्रधानमन्त्रीसँग माग गरेका छन् । उद्योग व्यवसायीको साझा संस्था पोखरा उद्योग वाणिज्य संघले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ६ बुँदे ज्ञापनपत्र बुझाउँदै सो नाकाको दिगो सञ्चालन, कोरोला–त्रिवेणी राजमार्गको निर्माण, द्विपक्षीय व्यापार प्रवद्र्धनका लागि आवश्यक तयारीमा नेपाल सरकारले तत्काल ठोस निर्णय गरोस् भन्ने आग्रह गरेको छ । ‘कोरला नाका सञ्चालनसँगै मुक्तिनाथ–दामोदरकुण्ड हुँदै मानसरोवर कैलाश पर्वत यात्रा सहज बनाउनेबारे पनि यहाँको ध्यान जानेछ भन्ने हाम्रो अपेक्षा छ,’ ज्ञापनपत्रमा भनिएको छ ।
प्रधानमन्त्रीले शनिबार पोखरामा आयोजित एक कार्यक्रममा ‘जन्मथलो पोखरा आउँदा मलाई चेलीलाई माइत गएजस्तै खुसी लाग्छ’ भनेर दिएको अभिव्यक्तिप्रति संघले कृतज्ञता ज्ञापन गरेको छ । उसले भनेको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको हृदयबाट अभिव्यक्त सो भावनाकै कारण हामी पोखरेली हुनुमा गर्वमात्र गर्दैनौं, पोखरा र समग्र गण्डकी प्रदेशको भाग्य र भविष्य निर्माणमा यहाँकै कार्यकालमा महत्वपूर्ण निर्णयहरु हुन्छन् भन्ने विश्वास लिएका छौं ।’
पोखरा उद्योग वाणिज्य संघकै पहल र अगुवाइमा भएको लामो पैरवी तथा भद्र आन्दोलनको स्मरण गर्र्दैै यो विमानस्थलको दिगो सञ्चालनबाट समग्र गण्डकीको समृद्धिका लागि पहल गर्नेमा संघ विश्वस्त रहेको संघले जनाएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा विभिन्न संशयहरु बाहिर आइरहेको भन्दै संघले यो विमानस्थलबाट छिटोभन्दा छिटो अन्तर्राष्ट्रिय उडान भएको देख्न आतुर रहेको जनाएको छ ।
पोखरा प्रवेश गर्ने र बाहिरी सडकको अवस्था दयनीय रहेको भन्दै ज्ञापनपत्रमा ‘एक्सन रुम’बाटै काठमाडौं–पोखरा राजमार्गसहितका राजमार्गहरुको स्तरोन्नति र निर्माणलाई अनुगमन गरिरहेको अभिव्यक्ति सुन्न पाउँदा खुसी लागेको उल्लेख छ ।
पोखरालाई केन्द्र बनाएर चीन सरकारले विगतमा सम्पन्न गरेका आयोजनाहरुलाई ध्यानमा राख्दै पोखरालाई भविष्यको सहरको रुपमा विकसित गर्न चक्रपथ निर्माणका निम्ति आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेटमा विशेष व्यवस्थाको लागि संघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।
पर्यटकीय नगरी पोखरामा विदेशी पर्यटकका निम्ति एउटा मौलिक र भव्य कोसेली घर निर्माणको अभियान थालनी संघले गरेको भन्दै ज्ञापनपत्रमा कोसेली घरको भौतिक निर्माणमा नेपाल सरकारको पनि सहभागिताका लागि अनुरोध गरिएको छ ।
आर्थिक सूचकहरु सकारात्मक देखिए पनि अर्थतन्त्रको सुस्त गतिले हामीलाई चिन्तित तुल्याएको छ । मित्रराष्ट्रहरुको आर्थिक विकासको गतिसँग तादाम्यता मिलाउन तथा भइरहेको युवा पलायन रोक्न औद्योगिकीकरण र रोजागारी पहिलो सर्त रहेको अध्यक्ष पवन प्रजापतिले हस्ताक्षर गरेको ज्ञापनपत्रमा भनिएको छ । संघले भनेको छ, ‘देशमै केही हुन्छ भन्ने विश्वासलाई अझ सुदृढ बनाउन लगानी बढाउनुपर्ने आवश्यकता रहेको यहाँलाई अवगत भएकै विषय हो । सम्माननीय प्रधानमन्त्रीज्यूले यो विषयलाई गम्भीरतापूर्वक लिनुहुनेछ भन्ने हाम्रो आग्रह छ ।’
Related News
सम्बन्धित समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
‘क्वारेन्टिइन’ नहुँदा त्रिवेणी भन्सारबाट आयात निर्यात शून्य
संगम सहकारीको सम्मान
धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
सहकारी पीडितको पक्षमा उभिए राजनीतिक दल
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१