देशमा मनसुन भित्रिएको केही दिनमा नै बाढी पहिरो जान थालेको छ । बाढी पहिरोको यो घटनाले सम्बन्धित सबैलाई सजग र सतर्क हुन खबरदारी गरेको छ । नेपालमा मनसुन प्रवेश गरेको लगत्तै ताप्लेजुङमा बुधबारदेखि परेको अविरल वर्षासँगै आएको बाढीले त्यहाँको सिरिजंघा गाउँपालिकाको खेवाङ र सिदिङवा गाउँपालिकाको खुरुम्खिम जोड्ने बाँकेटारमा रहको तावाखोला मोटरेबल पुल बगाएको छ । पुल बगाउँदा करोडौंको क्षति भएको छ । त्यसको साथै व्यक्तिको कुखुरा फर्म, कटेजलगायत काबेली हाइड्रो पावरको क्रसर मेसिन पनि खोलाले बगाएको बताइएको छ । बाढी र पहिरोको जोखिम बढेकाले त्यस क्षेत्रमा विद्यालय बन्द गरिएको छ भने बस्ती खाली गर्न अनुरोध गरिएको छ, बाढीले केकति क्षति भयो भन्ने विवरण आउन बाँकी छ । त्यसको लागि केही दिन लाग्ने अनुमान गरिएको छ ।
कोशी प्रदेशको ताप्लेजुङसहित पहाडी जिल्लामा सोलुखुम्बु, तेह्रथुम पहिरोको उच्च जोखिमका जिल्ला मानिन्छन् । त्यहाँ विगतका वर्षहरूमा पनि ठूलठुला पहिरो गएको थियो । जसले धनमालको धेरै क्षति गरेको थियो । वर्षैपिच्छे बाढी पहिरो आइरहने भएकाले कोशी प्रदेश सरकारले बाढी पहिरोबाट यस पटक ७ हजार घरधुरीका ३ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । त्यो नोक्सानीको अनुमान गरिएकाले सरकारले सम्भव भए त्यसको रोकथाम र रोकथाम गर्न नसकेको खण्डमा त्यसबाट प्रभावित एवं पीडितहरूको उद्धार कार्य तत्काल हुने व्यवस्था मिलाउनुपर्छ । कोशी प्रदेशको दक्षिणी समथर भूभाग मोरङ, सुनसरी, झापालगायत ठाउँ प्रभावित क्षेत्र मानिन्छ । पटकपटक आएको भूकम्पले पनि यस क्षेत्रलाई कमजोर पारेको छ ।
कोशी प्रदेश मनसुनको प्रवेशद्वारा हो । नेपालमा मनसुन कोशी भएर आउँछ । त्यो मनसुन अहिले देशको पश्चिमतिर गइरहेको छ । यो मनसुनले तापक्राम घटाएको छ । उग्र गर्मीले जनजीवन कष्टकर भइरहेको बेला पानी परेपछि मानिसहरूले राहतको सास फेरेका छन् । मनसुन हाम्रो जीवन पनि हो । हाम्रो बालीनालीको उत्पादन मनसुनमा निर्भर छ । मनसुन राम्रो भएमा बालीनाली राम्रो हुन्छ । राष्ट्रिय उत्पादन बढ्छ । तर त्यही मनसुन चर्काे भएमा बाढी आउने, बाढीले पहिरो आउने अनि धनजनको क्षति गर्ने पर्दछ । हाम्रो देशको कहीं न कहीं र कुनै न कुनै ठाउँमा बाढी पहिरो जाने गर्दछ । यो अनुभवसिद्ध कुरा हो । त्यस्तो हुने भएकाले बाढी पहिरो पीडितलाई तत्काल राहत दिन र पीडितहरूको छिटो उद्धार गर्न सम्बद्ध सबै पक्ष तयारी गर्न र साथ दिनुपर्नेमा हामी जोड दिन चाहन्छौं ।
Related News
सम्बन्धित समाचार
आन्दोलनलाई उत्तेजक नबनाऊ
नेपालको बिजुली भारतले किन्ने सम्झौता
अग्रज पत्रकार पोखरेलको निधन
प्रमको सम्बोधनः कामभन्दा आश्वासन धेरै
त्रिविमा राजनीतिक भागबण्डा अन्त्य गर्ने उद्घोष
hero news full width
मुख्य समाचार
नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु
वैशाख ३०, २०८१चुच्चे नक्साको विवादमा तानिएपछि राष्ट्रपतिका आर्थिक विज्ञले दिए राजीनामा
वैशाख ३०, २०८१भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा
वैशाख ३०, २०८१७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान
वैशाख २९, २०८१‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
वैशाख २९, २०८१