पोखरा । नेकपा एमालेको चितवनमा जारी १०औं महाधिवेशनको बन्द सत्रबाट नयाँ नेतृत्व छान्ने अधिकार पाएसँगै अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षबाहेकका १८ पदाधिकारीको सूची तयार पारेका छन्। उनले अध्यक्ष आफै रहने अध्यक्षका अर्का प्रत्याशी भीम रावललाई उपाध्यक्ष बनाउने गरी १८ पदाधिकारीको सूची तयार पारेका हुन्।
तर, उक्त सूचीप्रति स्वयम् ओली पक्षधर नेताहरूले असन्तुष्टि जनाएका छन्। ओली निकटका नेता विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ, महेश बस्नेत, गोकुल बाँस्कोटालगायत नेताहरूको असन्तुष्टिकै कारण ओलीले आफूले तयार पारेको सूची सार्वजनिक नगरेको एक नेताले बताएका छन्।
ती नेताका अनुसार ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, ६ जना उपाध्यक्षहरूमा अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, रामबहादुर थापा, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र भीम रावललाई समावेश गरेका छन्। ओलीले महासचिवमा शंकर पोखरलेको नाम राखेका छन्।
तीन उपमहासचिव पदमा पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली र टोपबहादुर रायमाझीलाई राखिएको छ। त्यस्तै, ७ जना सचिवमा योगेश भट्टराई, गोकर्ण विष्ट, रघुवीर महासेठ, लेखराज भट्ट, रघुजी पन्त, विष्णु रिमाल, भानुभक्त ढकाललाई राखिएको थियो।
वरिष्ठ उपाध्यक्षका आकांक्षी नेम्वाङले यो सूचीप्रति असन्तुष्टि जनाएका छन्। उनले ईश्वर पोखरलेलाई वरिष्ठ उपाध्यक्ष मान्न नसकिने भन्दै असन्तुष्टि जनाएका हुन्। यद्यपि सबै पदमा सहमति भए आफू बाधक नबन्ने पनि उनले बताएको एक नेताले जानकारी दिए। नेम्वाङको नाम उपाध्यक्षको सूचीमा परेको छ।
त्यस्तै ओलीले बनाएको पदाधिकारीको सूचीप्रति महासचिवका पदका आकांक्षी विष्णु पौडेलले पनि असन्तुष्टि जनाएका छन्। उनको नाम उपाध्यक्षको सूचीमा परेको छ। पौडेलले आफूले महासचिव पद नै पाउनु पर्ने दाबी गरेका छन्।
सचिव पदका दाबेदार महेश बस्नेत, गोकुल बाँस्कोटा, शेरधन राई, पद्मा अर्यालले पनि पदाधिकारीको सूचिप्रति असन्तुष्टि जनाएका छन्। आफूहरूको नाम नपरेपछि उनीहरूले असन्तुष्टि व्यक्त गरेका हुन्।
आफू निकट नेताहरूले नै असन्तुष्टि जनाएपछि ओली अप्ठेरोमा परेका छन्। नेताहरूको असन्तुष्टिका कारण सूची सार्वजनिक गर्न नसकेका ओलीले नजिकका केही नेताहरूसँग छलफल गरेर नामहरू थपघट गर्ने तयारी गरेका छन्। आज पदाधिकारीको नाम टुंगो लगाउने एमालेको तयारी छ।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
बुढ्यौलीमा भेडीगोठ मोह
hero news full width
मुख्य समाचार
पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१