जनमोर्चा प्रदेश अध्यक्ष बरालले अस्पतालमा भेटे सांसद शाहीलाई

आदर्श समाज सम्वाददाता
वैशाख १६, २०७८
shankar baral

पोखरा । जनमोर्चाका सांसद खीमविक्रम शाहीलाई उक्त पार्टीका प्रदेश अध्यक्ष शंकर बरालले बिहीबार बिहान भेटेका छन् ।

उनले भने, ‘मैले उहाँलाई टाढैबाट भेटें, चरककै कोभिड वार्डमा हुनुहुँदो रहेछ, सामान्य कुराकानी भयो, फोन अफ नगर्नुहोला भनेर फर्किंएँ ।’

आफ्नो सांसद अपहरणमा परेको वा के भन्ने बारेमा समेत थाहा नपाउँदा उनी बुधबार आक्रोशित भएका थिए ।

बुधबार दिनभर उनलाई भेट्न नपाएका बरालले प्रशासन र सिडिओमाथि आक्रोश पोखेका थिए ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने दिन बुधबार जनमोर्चा सांसद एकाएक हराएपछि सोधीखोजी सुरु भएको थियो ।

अन्तिम समयसम्म पनि उनी नआएपछि उक्त दलकी सचेतक पियारी थापाको आग्रहमा सभामुखले संसद बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width