१०४ जनाद्वारा आँखादानको प्रतिबद्धता

आदर्श समाज सम्वाददाता
कार्तिक २७, २०७६
Eye Donation Programme (3)

पोखरा, २७ कात्तिक । पोखरामा १ सय ४ जनाले मरणोपरान्त आँखादान गर्ने प्रतिबद्धता गरेका छन् । आँखादान तथा सचेतना कार्यक्रममा उनीहरुले आँखादानको प्रतिबद्धता गरेका हुन् ।

मृत्युपछि आँखादान गरेर अन्य दृष्टिबिहीनहरुलाई प्रत्यारोपण गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने लक्ष्यसहीत लायन्स क्लब अफ पोखरा मिड टाउनकोद्वारा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ का गभर्नर ईन्दु लम्सालले आँखादानको घोषणा गर्नु महान पुण्यको कार्य भएको बताइन् । ‘मृत्युपछि आँखादान गर्न सकिन्छ भन्ने सचेतना फैलाउन पनि कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको छ,’ उनले भनिन् ।

एकजनाले आँखादान गर्दा कम्तीमा पनि २ जना दृष्टिबिहीनले संसार देख्न सक्ने हिमालय आँखा अस्पताल पोखराका कम्युनिटी इन्चार्ज सुवास नेपालले बताए । ‘आँखादानको निकै ठूलो महत्व छ,’ उनले भने, ‘मरेपछि खेर जाने आँखा दान गर्दा अन्य व्यक्तिले संसार देख्नु निकै ठूलो पुण्य कार्य हो ।’
कार्यक्रममा डिष्ट्रिक्टका फस्ट भाइस गभर्नर मनबहादुर रोका सर, सेकेण्ड भाइस गभर्नर विशेश्वर आचार्य, क्याबिनेट सेक्रेटरी विनोद ढुंगान लगायतले आफ्नो भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण

    आदर्श समाज सम्वाददाता असार १९, २०८१
    पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण आयोजनामा रनिमेड कजेल युकेका विद्यार्थी सहयोगमा चण्डीडाँडा माविका ८० जना विद्यार्थीलाई ट्रयाक सुट, टिसर्ट…
  • सेन्ट्रल गार्डनको अन्तर्क्रिया

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीसँग अन्तत्र्रिmया गरेको छ । ‘पढाऔं अभियान’ अन्तर्गत १२ वैशाखदेखि सञ्चालित…
  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…

hero news full width