लायन्सद्धारा बिद्यालयलाई शुद्ध खानेपानी

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७६
layans

पोखरा, ७ असोज । पोखरा–१५ फलेपाटन स्थित सिद्वमाविमा शुद्धखानेपानी सहितको टंकी हस्तान्तरण गरिएको छ ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्ण र लायन्स क्लब अफ पोखरा पिस टाउनको संयुक्त आयोजना र केस्टेभिन स्लेफोर्ड बिद्यालय यू.के.को आर्थिक सहयोगमा स्वीस टेक्ननोलोजी अनुरूप निर्माण गÞरिएकों टंकी २ लाख १२ हजÞार रुपैयाँमा निर्माण भएको हो ।

मंगलवार बिद्यालय परिसरमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि पूर्व डिष्ट्रिक्ट गर्भनर धु्रवबहादुर थापाले शुद्व खानेपानी सहितको अण्डरग्राउंड टंकी हस्तान्तरण गरेका हुन् । खानेपानी टंकी हस्तान्तरण गर्दै प्रमुख अतिथि थापाले जहाँ आवश्यकता त्यहा लायन्स भन्ने उदÞ्घोषका साथ लायन्स क्लबले सामाजिक र मानवीय क्षेत्रमा पु¥याएको सहयोग निकै सह्रानीय रहेको बताए ।

पोखरा–१५ का वडाध्यक्ष प्रकाश पौडेलले सरकारी एवं सामुदायिक बिद्यालयले सोचे किसिमको प्रतिफल दिन नसकेको यथार्थता प्रस्तुत गर्दै बिद्यालय र बिधार्थीका समस्यालाई लायन्ससँग जोडिएर धेरै समस्या हल भएको बताए ।

लायन्स क्लब अफ पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष रविन्सन प्रजुले सामाजिक र मानवीय सेवाका कार्यमा लायन्स अग्रस्थानमा रहेको बताए । लायन्स क्लब अफ पोखरा अन्नपूर्ण पूर्व अध्यक्ष एवं परियोजनाका निर्देशक सोनाम साङपोले लायन्स क्लब अफ पोखरा अन्नपूर्णको सहकार्यमा निर्मित सिद्व माविको खानेपानी टंकी २२ औ रहेको १ वटा बिद्यालयमा उद्घाटनको तयारीमा रहेको जानकारी दिदै अन्य सरकारी स्कूललाई आवश्यकता छ भने उपलब्ध गराउन सकिने समेत जानकारी दिए ।

बिद्यालय ब्यावस्थापन समितिका अध्यक्ष शिवबहादुर भण्डारी र सिद्व माविका प्रधानाध्यापक गुरुदत्त कोईरालाले खानेपानी टंकी निर्माणको स्वागत गर्दै लायन्स क्लब र बिदेशी बिद्यार्थीले यस बिद्यालयमा अध्ययनरत बिद्यार्थीलाई शुद्ध खानेपानी उपलब्ध गराउन आर्थिक सहयोग र लायन्स क्लबले संयोजन गरेकोमा खुशी ब्यक्त गरे ।

लायन्स क्लब अफ पोखरा पिस टाउनका अध्यक्ष गीता थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अन्नपूर्णका अध्यक्ष प्रदीप राजभण्डारी, पिस टाउनका निवर्तमान अध्यक्ष डा विनिता शर्मा, तृतीय उपाध्यक्ष सीता तिमिल्सिना लगायतले आआफÞनो भनाई राखेका थिए ।

Related News

सम्बन्धित समाचार

  • चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण

    आदर्श समाज सम्वाददाता असार १९, २०८१
    पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण आयोजनामा रनिमेड कजेल युकेका विद्यार्थी सहयोगमा चण्डीडाँडा माविका ८० जना विद्यार्थीलाई ट्रयाक सुट, टिसर्ट…
  • सेन्ट्रल गार्डनको अन्तर्क्रिया

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीसँग अन्तत्र्रिmया गरेको छ । ‘पढाऔं अभियान’ अन्तर्गत १२ वैशाखदेखि सञ्चालित…
  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…

hero news full width