पोखरा, १५ भदौ । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डेनको आयोजना तथा दुर्गा एण्ड दीपा इलेक्ट्रोनिक्सको सहयोगमा पोखरा १५ ढुंगासाँगु स्थित राष्ट्रिय परोकार महासंघ नेपालद्वारा संचालित सिद्ध परोपकार वैदिक गुरुकुल आश्रमलाई दुई वटा टेलिभिजन वितरण गरेको छ ।
शनिबार एक कार्यक्रमको आयोजना गरी क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाटले आश्रमका संरक्षक भागवत भाष्कर कमलनयन गौतमलाई हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा भागवत भाष्कर कमलनयन गौतमले सहयोग र सहभागिता सानो ठुलो हुँदैन, आबश्यकता परेका स्थानमा सहयोग गर्दै जान अनुरोध गर्दै महासंघको बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा पुष्पाञ्जली भजन समुहका अध्यक्ष तथा लोक दोहोरी गायक कृष्णप्रसाद गौतम, क्लबका संस्थापक अध्यक्ष हरिबहादुर भाट, पूर्वअध्यक्ष कृष्णबहादुर रानाभाट, दुर्गा एण्ड दीपा इलेक्ट्रोनिक्सका प्रोपाइटर तथा क्लबका डाइरेक्टर दुर्गा सुबेदीलगाएतले आफ्नो भनाई राखेका थिए ।
Related News
सम्बन्धित समाचार
चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण
सेन्ट्रल गार्डनको अन्तर्क्रिया
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१