काठमाडौँ, १४ भदौ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले शनिवार बिहानै पोखरा, काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबारदेखि नेपाल भित्रिएको जलवाष्पयुक्त हावाको प्रभावले वर्षा भइरहेको मौसमविद् शान्ति कँडेलले बताए। “अहिले मनसुनको कुनै प्रभाव छैन”, मौसमविद् कँडेले भने । उनका अनुसार वर्षा अझै केही दिन लम्बिने छ तर लगातार भने हुने छैन् । केही समय रोकिने घाम लाग्ने पुनः वर्षा हुने क्रम आगामी तीन दिनसम्म चलिरहने छ ।
हाल देशका धेरैजसो भू-भागमा सामान्य बदली भई पूर्व र मध्यका धेरै भू-भागमा र पश्चिमका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज देशभरि सामान्य बदली रही पूर्व र मध्यका धेरै स्थानमा मेघ गर्जन/चट्ट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र पूर्व र मध्यका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार देशैभरि बदली रही पश्चिमका धेरैजसो स्थानमा र पूर्व तथा मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशभरि सामान्य बदली रही पूर्व र मध्यका केही स्थानमा र पश्चिमका एक-दुई स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
सिसिटिभी क्यामेरा जोभिजन ब्रान्ड पदाधिकारीसँग इन्फर्मेसन टेक्नोलोजीको अन्तरक्रिया
विज्ञान र इन्जिनियरिङ अन्तर्राष्ट्रिय सम्मेलन सुरु
आइटी एक्स्पोमा जिसिइएसको प्रोजेक्ट उत्कृष्ट
दमौलीमा एनसेलको सेन्टर सञ्चालन
गण्डकीमा आइटी एक्स्पोमा जिसिइएसको प्रोजेक्ट उत्कृष्ट
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१