आदर्श चौतारीको भाषण कला

आदर्श समाज सम्वाददाता
भाद्र ८, २०७६
lions chautari news photo

पोखरा, ८ भदौ । लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले एकदिने उद्घोषण तथा भाषण कला तालिम शनिबार सम्पन्न गरेको छ ।

तालिमको उद्घाटन ३२५ वि १ का चिफ मदन कुमार मुल्मीले गर्दै लायन वर्ष २०१९/०२० को “सशक्तिकरणका लागि जागौ” भन्ने उद्घोषलाई सबै मिलेर साकार पार्नु पर्ने बताए ।

क्लबका अध्यक्ष भरतराज सिग्देलको अध्यक्षतामा भएको कार्यक्रममा रिजन चियर पर्सन ओमप्रसाद सिग्देल, चार्टर पे्रसिडेन्ट बासुदेव कोइराला, क्लबका एक्टेशन चियर पर्सन कमलबहादुर बस्नेत शान्ति मार्ग दिदी बहिनी समूहकी अध्यक्ष देवका पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रशिक्षक अनुराग अधिकारीले सहजीकरण गरेको तालिमको संयोजक भगवान श्रेष्ठले धन्यवाद व्यक्त गरेका थिए भने स्वागत  प्रथम उपाध्यक्ष मोहनराज पौडेल र कार्यक्रमको सञ्चालन सचिव रुकबहादुर गुरुङ र सहसचिव दामोदर आचार्यले गरेका थिए । तालिममा करिब ५५ जना सहभागी थिए ।
फोटो छ चौतारी ।

Related News

सम्बन्धित समाचार

  • चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण

    आदर्श समाज सम्वाददाता असार १९, २०८१
    पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण आयोजनामा रनिमेड कजेल युकेका विद्यार्थी सहयोगमा चण्डीडाँडा माविका ८० जना विद्यार्थीलाई ट्रयाक सुट, टिसर्ट…
  • सेन्ट्रल गार्डनको अन्तर्क्रिया

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीसँग अन्तत्र्रिmया गरेको छ । ‘पढाऔं अभियान’ अन्तर्गत १२ वैशाखदेखि सञ्चालित…
  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…

hero news full width