पुरुन्चौरमा लायन्स क्लबद्वारा वृक्षरोपण

आदर्श समाज सम्वाददाता
श्रावण २५, २०७६
lions brichharopad progrem

हेमजा, २५ साउन।गण्डकी प्रदेशमा क्रियाशील एक सय बढी लायन्स क्लबहरुले शनिवार एक कार्यक्रमका बीच पोखरा–१९, पुरुन्चौर स्थित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पस परिषरमा वृक्षरोपण गरेका छन्।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट ३२५ बी १ नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नर धु्रबबहादुर थापाले गण्डकी प्रदेशमा संयुक्त कार्यक्रम गरेको यो पहिलो पटक भएको जानकारी दिर्दै लायन्सले शैक्षिक तथा वातावरणीय क्षेत्रमा पनि कार्य गर्दै आएको बताए ।लायन्स बोल्ने भन्दापनि काम गर्ने संस्था भएको उनको दावी थियो ।

पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले लायन्स क्लबको संयुक्त आयोजनामा अनुकरणीय कार्य भएको जनाउँदै लायन्सलाई मानव विकासमा काम गर्ने संस्थाको संज्ञा दिए ।वृक्षारोपण रोपण मात्र हैन वोटविरुवा पनि संरक्षण गर्नुपर्नेमा उनको जोड छ । वडालाई जडिबुटी केन्द्र बनाउने योजनामा आफुहरु रहेको उनले प्रष्ट पारे ।

प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसका प्रमुख चन्द्रेश्वर श्रीवास्तवले वृक्षारोपण गरिएको बोटहरुको क्याम्पसले संरक्षण गर्ने प्रतिबद्घता व्यक्त गर्दै त्यसमा क्लवहरुलाई सघाउन अनुरोध गरे ।सिनियर लायन लिडर धुब्र श्रेष्ठले वृक्षरोपणाको निरन्तरता हुनुपर्नेमा जोड दिए।

स्थानीय युवा समाजसेवी इमानराज पौडेलले कुनै क्लब विशेषले कार्यक्रम लिएर आए पुरन्चौरबासी सधै सहयोग गर्न तयार रहेको स्पष्ट पारे । सो अवसरमा लायन्स आदर्श पोखरा सेञ्चुरीका अध्यक्ष झना खड्का, लायन्स लिडर एकनारायण शर्मा लगायतले पनि वृक्षारोपणको महत्वमाथि प्रकाश पारेका थिए ।उनीहरुले वृक्षारोपणले पर्यावरण सन्तुलन र कृषिमा पनि सहयोग गर्ने औँल्याएका थिए ।

उक्त अवसरमा दुई सय ५० फलफूलका विरुवा रोपिएको थियो । त्यस्तै पूर्व डिष्ट्रिक्ट गभर्नर स्व.युक्तप्रसाद श्रेष्ठको सम्झना पनि गरिएको थियो ।कार्यक्रम संयोजक तीर्थलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लायन्स लिडर एकनारायण शर्माले स्वागत तथा संचालन आयोजक समितिका सदस्य मोतिराज तिम्सिनाले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण

    आदर्श समाज सम्वाददाता असार १९, २०८१
    पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण आयोजनामा रनिमेड कजेल युकेका विद्यार्थी सहयोगमा चण्डीडाँडा माविका ८० जना विद्यार्थीलाई ट्रयाक सुट, टिसर्ट…
  • सेन्ट्रल गार्डनको अन्तर्क्रिया

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीसँग अन्तत्र्रिmया गरेको छ । ‘पढाऔं अभियान’ अन्तर्गत १२ वैशाखदेखि सञ्चालित…
  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…

hero news full width