वर्किङ टुगेदर र लालिगुँरासको सचेतना

आदर्श समाज सम्वाददाता
श्रावण २१, २०७६
lions

पोखरा, २१ साउन । लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदर र लायन्स क्लब अफ पोखरा लालिगुँरासको अयोजनामा लागु औषध तथा साइबर क्राईम विरुद्धको जनचेतना कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।

निम्स पोखराको व्यवस्थापनमा भएको उक्त सचेतना कार्यक्रममा निम्समा आवद्ध ५० जना विद्यार्थीको सहभागिता रहेको थियो ।कार्यक्रममा प्रहरी नायव निरीक्षक होतबहादुर रोका, परामर्शदाता तथा पत्रकार अमृतकुमार भट्टराई, प्रहरी जवान कृष्ण रेग्मीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले पछिल्लो समय साइबर क्राईम, ड्रग्स, लैङ्गिक हिंसाले समाजलाई आक्रान्त पारेको बताएका छन् ।उनले सवैलाई थाहा हुदा हुदै पनि विभिन्न घटना संम्लग्न हुने गरेको बताउँदै समाजमा घट्ने घटनालाई न्यूनीकरण गर्न हामी आफै बाट शुरुवात गर्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा लायन्स क्लब डिष्ट्रिक ३२५ वि वानका पिआरओ मोतिराज तिमिल्सिना, जोन चियर पर्सन ठाकुरप्रसाद अधिकारी, लायन्स क्लब अफ मुनालका निर्वतमान अध्यक्ष जितेन्द्रमान शाक्य, लायन्स क्लब अफ पोखरा लालिगुँरासका अध्यक्ष मिनराज तिमिल्सिनाले बोलेका थिए ।

लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरका अध्यक्ष शंकर आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कृष्ण भण्डारीले स्वागत र तृतीय उपाध्यक्ष अर्जुन पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण

    आदर्श समाज सम्वाददाता असार १९, २०८१
    पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण आयोजनामा रनिमेड कजेल युकेका विद्यार्थी सहयोगमा चण्डीडाँडा माविका ८० जना विद्यार्थीलाई ट्रयाक सुट, टिसर्ट…
  • सेन्ट्रल गार्डनको अन्तर्क्रिया

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीसँग अन्तत्र्रिmया गरेको छ । ‘पढाऔं अभियान’ अन्तर्गत १२ वैशाखदेखि सञ्चालित…
  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…

hero news full width