निःशुल्क कुकिङ तालिम

आदर्श समाज सम्वाददाता
श्रावण १३, २०७६
67653528_2060230947617059_8818954201116704768_n

पोखरा, १३ साउन । लायन्स क्लब अफ पोखरा पिस चौतारी र लायन्स क्लब अफ पोखरा हेरिटेजको आयोजना तथा कान्तिपुर होटल ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा निःशुल्क कुकिङ तालिम शुरु भएको छ ।

२१ जना विभिन्न ठाउँबाट आएका प्रशिक्षार्थी तथा लायन्स क्लब अफ पोखरा पिस चौतारी र लायन्स क्लब अफ पोखरा हेरिटेजका २० जना सदस्यका परिवारलाई दिइने सो निःशुल्क कुकिङ तालिमको शुभारम्भ कान्तिपुर टुरिजम एण्ड होटल मेनेजमेन्ट कलेजमा भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि डिस्ट्रिक्ट ३२५ बी १ नेपालका द्वितीय भाइस डिस्ट्रिक्ट गभर्नर लायन विश्वेश्वर आचार्यले यस्ता किसिमका तालिमले स्वरोजगार र स्व–व्यवसायलाई ठूलो हौसला प्राप्त हुने उल्लेख गर्दै क्लब सदस्यका परिवारहरूले पनि आफ्नै घरमा होटल तथा रेस्टुरेन्टको जस्तो स्वादिष्ट खाना खान सक्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा क्याबिनेट सेक्रेटरी लायन विनोद ढुंगाना, डिस्ट्रिक्ट जीएमटी को–अर्डिनेटर लायन दुर्गाप्रसाद हुमागाईं, क्लस्टर प्रमुख लायन होमविलास सापकोटा, रिजन चियरपर्सन लायन मेघनाथ काफ्ले, रिजन चियरपर्सन लायन सोबित पौडेल, जोन चियरपर्सन लायन विष्णु ढुंगाना, जोन चियरपर्सन लायन दयाल गिरी, कमिटी मेम्बर लायन शिव सुवेदी लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ पोखरा पिस चौतारी र लायन्स क्लब अफ पोखरा हेरिटेजका पदाधिकारी, सदस्य, प्रशिक्षक तथा प्रशिक्षार्थीको बाक्लो उपस्थिति रहेको थियो ।
लायन्स क्लब अफ हेरिटेजका अध्यक्ष लायन विजय पौडेलको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रम लायन्स क्लब अफ पोखरा पिस चौतारीका अध्यक्ष लायन मगनलाल श्रेष्ठले स्वागत मन्तव्य र हेरिटेजका अध्यक्ष लायन श्यामहरि तिवारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

यसअघि लायन्स क्लब अफ पोखरा हेरिटेजले २१ जना प्रशिक्षार्थीलाई निःशुल्क कुकिङ तालिम प्रदान गर्दै आइरहेको छ ।

Related News

सम्बन्धित समाचार

  • चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण

    आदर्श समाज सम्वाददाता असार १९, २०८१
    पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण आयोजनामा रनिमेड कजेल युकेका विद्यार्थी सहयोगमा चण्डीडाँडा माविका ८० जना विद्यार्थीलाई ट्रयाक सुट, टिसर्ट…
  • सेन्ट्रल गार्डनको अन्तर्क्रिया

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीसँग अन्तत्र्रिmया गरेको छ । ‘पढाऔं अभियान’ अन्तर्गत १२ वैशाखदेखि सञ्चालित…
  • लायन्स सदस्यलाई मनिपालमा छुट

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका सदस्यहरुलाई मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार लगायत सेवामा विशेष छुट…
  • जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । मन्त्रिपरिषद्को बैठकले गण्डकीको मुख्य न्यायाधिवक्तामा लमजुङका कृष्ण अधिकारीलाई नियुक्त गरेको छ । एमाले लमजुङ अध्यक्षमा पराजित अधिकारीलाई मुख्यमन्त्रीको सिफारिसमा…
  • ३२ युनिट रगत संकलन

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा अर्पण, आदर्श र महिमा बचत तथा ऋण सहकारी सस्था लिमिटेडको संयुक्त आयोजनामा मंगलबार लामाचौरचोकमा…

hero news full width