पोखरा, १० साउन । लायन्स क्लब अफ पोखरा अन्नपूर्णले चौथो चरण अन्तरगत पोखरा–२२ पुम्दीभुम्दी स्थित शुक्रराज माविमा पानी ट्याङ्की निर्माण गरिएको छ ।
लायन्स क्लब अन्नपूर्ण र लायन्स क्लब चौतारी बिन्ध्यबासिनीको संयुक्त आयोजना र केस्टेभिन स्लेफोर्ड बिद्यालय यू.के.का दोश्रो ग््रुपका २० जना बिद्यार्थीले तीन दिनदेखि स्वय सेवकका रुपमा शुक्रराज माविमा पानी ट्याङ्की निर्माण गरेका हुन् ।
शिलान्यास समारोहमा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नरहरि बरालले लायन्स क्लबले शिक्षा स्वास्थ्य र खानेपानी जस्ता काम गरेको प्रति आभार व्यक्त गरे । सो कार्यक्रममा बिद्यालयका प्रधानअध्यापक नरनाथ बरालले बेलायतबाट आएका विद्यार्थीले गैची बेल्चा, लिएर विद्यालयका लागि खानेपानी टंकी निमार्ण गर्नु उदाहरणीय कार्य भएको बताए ।
सो अवसरमा परियोजना डाइरेक्टर तथा लायन्स क्लब पोखरा अन्नपूर्णका पूर्व अध्यक्ष सोनाम साङ्पोले प्रथम चरणका ४ वटा बिद्यालयको लागि खानेपानी टंकी निमार्णकार्य भइरहेको बताए ।
उक्त अवसरमा पोखरा महानगरपालिका–२२का वडा अध्यक्ष मित्रलाल बराल प्रशिक्षक डा.कृष्ण सुवेदी लायन्स क्लब चौतारी बिन्ध्यबासिनी अध्यक्ष नरेन्द्र कुँवर परमेश्वर बराल, कमला गिरी सुवर्ण श्रेष्ठ लायन्स क्लब अन्नपूर्णका पूर्व अध्यक्ष नारायण बाटाजू, प्रदीप राजभण्डारी सचिव गणेश छबि लगायत को सहभागिता रहेको थियो ।
Related News
सम्बन्धित समाचार
‘कोल्ड स्टोरको आलु कुहियो, क्षतिपूर्ति कसले दिने ?’
खर्च जुटाउँदै पोखरामा राउटे
एयरपोर्ट चलाउन पोखरेलीको हारगुहार
चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण
सेन्ट्रल गार्डनको अन्तर्क्रिया
hero news full width
मुख्य समाचार
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
माघ १२, २०८१पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
माघ १२, २०८१धारापानी माविको ७४ औं वार्षिकोत्सव
माघ १२, २०८१सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१