पोखरा, ३१ असार । रोट्राक्ट क्लब अफ पोखरा मिडटाउनले आफनो १६ औं स्थापना दिवस शनिबार विविध कार्यक्रम सहित सम्पन्न गरेको छ ।
सन् २००४मा स्थापना भएको उक्त क्लबले हालका दिन सम्ममा विभिन्न सामाजिक कार्यमा अग्रसर रहेको छ । प्रमुख अतिथि रोटरीयन रबिप्रसाद बरालले सामाजिक र शिक्षा कार्यमा रोट्राक्टले पुराएको योगदानको चर्चा गरेका थिए । सोही कार्यक्रममा रोट्राक्ट वर्ष २०१८/१९का अध्यक्ष अच्युत पौडेलले रोट्राक्ट वर्ष २०१९/२० का अध्यक्ष सुजनबाबु अधिकारीलाई अगामी बर्षका लागि कार्यभार समेत हस्तातरण गरेका थिए ।
कार्यक्रममा रोट्राक्ट वर्ष २०१८/१९मा समाजिक कार्यमा योगदान पुर्याउनु भएको भन्दै इमर्जिङ रोट्राक्टरमा रुबि रन्जित, हाईजेस्ट एटेन्डेन्समा रोट्राक्टर गंगा सुबेदी, रोट्राक्टर अफ दि एयरमा रबिनसिंङ ठकुरी, मोस्ट भ्यालुएबल रोट्राक्टरमा रबि रन्जित र प्रेसिडेन्टल अवार्डमा सन्जय गौतमलाई उपाधि प्रदान गरिएको थियो । कार्यक्रममा रोट्रक्ट क्लब अफ पोखरा मिडटाउनका वर्ष २०१८/१९का अफिसीयल स्पोन्सर पोखरा युपिभिसी उद्योग, रोलिङ क्याफे, निगाता इन्टरनेशनल ल्याङ्वज तथा ट्रेनिङ, होटल लेकसाइड, लेकसाईड ट्राभल्स एण्ड टुर्स र ब्लाक एण्ड ह्वाइट अर्गानिक क्याफेलाई समेत सम्मान गरिएको थियो ।
अच्युत पौडेलको अध्यक्षता भएको कार्यक्रममा पूर्व अध्यक्ष उपेन्द्र प्रसाद पौडेल डि आर आर इलेक्ट रोट्राक्टर सन्जीव पौडेल, रोटरी क्लब अफ पोखरा मिडटाउनका वर्ष २०१८/१९ का अध्यक्ष सन्तोष पोख्रेल, इनरह्विल सावित्री नेपाली, जेड आर आर सुदीप शाही ठकुरी लगायतले शुभकामना व्यक्त गरेका थिए भने स्वागत मन्तब्य प्रथम उपाध्यक्ष सुवास आचार्य र संचालन वर्ष २०१८/१९ का सचिव रोट्राक्टर सन्जय गौतम र रोट्राक्ट वर्ष २०१९/२० का मिडिया एण्ड आइटि रोट्राक्टर सुजन कुइकेलले गरेका थिए भने संयोजक राजु पौडेलले धन्यवाद ज्ञापन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण
सेन्ट्रल गार्डनको अन्तर्क्रिया
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१