हेमजा, २२ असार । जडिबुटी खेती विस्तार गर्नुपर्नेमा जोड दिइएको छ ।डिभिजन वन कार्यालय कास्कीको आयोजनामा शनिवार हेमजामा भएको पकेट क्षेत्रमा जडिबुटी प्रबद्र्घन पहिचान तथा प्राथमिकीकरण गोष्ठीका सहभागीले सो कुरामा जोड दिएका हुन ।
वक्ताहरुले जडिबुटीको बजार राम्रो रहेको भन्दै विचौलियाको अन्त्य गर्नुपर्ने धारणा राखे ।व्यक्ति विशेषले भन्दा समुदाय स्तरमा जडिबुटी गर्नुपर्ने उनीहरुको ठहर थियो ।
कार्यक्रमलाई सहजीकरण गर्दै वन अधिकृत धुव्रबहादुर मल्लले पकेट क्षेत्र पहिचान गरी जडिबुटीको प्राथमिकीकरण गर्नुपर्ने खाँचो औँल्याए । नेपालमा जडिबुटी खेतीको प्रचुर सम्भावना छ, सम्भावनालाई अध्ययन गरी खेती विस्तारमा जोड दिनुपर्दछ, उनले भने– वन पैदावार, हेमजा क्षेत्रमा उपलब्ध जडिबुटीको अवस्था, त्यसको बजार तथा दिगो व्यवस्थापन लगायतका विषयमा पनि प्रकाश पारेका थिए।
कार्यक्रममा हेमजा स्थित विकल्प जडिबुटी सहकारी, तीनखोले सामुदायिक वन, पारीपाखा अलैचीवारी तीनखोले सामुदायिक वन, अलैचीवारी बाँसघारी सामुदायिक वन र श्रीगणेश उपभोक्ता समूहका पदाधिकारीको सहभागिता रहेको थियो ।
अलैचीवारी बाँसघारी सामुदायिक वनका अध्यक्ष झलकबहादुर रानाको प्रमुख आतित्थतामा भएको उक्त कार्यक्रमका सहभागीलाई तीन समूहमा विभाजन गरी प्रतिवेदन निर्माण गर्न लगाइएको थियो ।वन अधिकृत ममता शर्माले स्वागत गरेको उक्त कार्यक्रम विकल्प जडिबुटी सहकारीका अध्यक्ष देविप्रसाद अधिकारीको अध्यक्षतामा भएको थियो ।
Related News
सम्बन्धित समाचार
सिसिटिभी क्यामेरा जोभिजन ब्रान्ड पदाधिकारीसँग इन्फर्मेसन टेक्नोलोजीको अन्तरक्रिया
विज्ञान र इन्जिनियरिङ अन्तर्राष्ट्रिय सम्मेलन सुरु
आइटी एक्स्पोमा जिसिइएसको प्रोजेक्ट उत्कृष्ट
दमौलीमा एनसेलको सेन्टर सञ्चालन
गण्डकीमा आइटी एक्स्पोमा जिसिइएसको प्रोजेक्ट उत्कृष्ट
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१