पोखरा, १७ असार । महिलाहरुलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यसहित पन्ध्र दिने सिपमुलक व्यवसायिक तालिम सुरु भएको छ । लायन्स क्लब अफ पोखरा, गण्डकी तथा पोखरा वुमेन हेन्डीक्राफ्ट डेभ्लबमेन्ट सेन्टरको संयुक्त आयोजनामा तालिम सुरु भएको हो ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ का पिएमसिसि ला. दीपक श्रेष्ठले उक्त तालिमको शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै श्रेष्ठले सिकेको सीपलाई व्यवहारमा उतार्न उपस्थित प्रशिक्षार्थीलाई आग्रह गरे । सामान उत्पादन संगै विक्री गरेर वा पद्मावती हस्तकला उद्योगसगँ सहकार्य गरी उद्यमशीलतामा अगाडि बढ्न सकिने उनले बताए ।
कार्यक्रममा लायन्स क्लब अफ पोखरा, गण्डकी २०१९/०२० का अध्यक्ष ला. हिरा भट्टराईले महिला सशतिmकरणका लागि आर्थिक समृद्धि आजको आवश्यकता भन्ने नारालाई आत्मसाथ गर्दै क्लब सदैव सेवामुलक काममा अघि बढेको बताइन् । उनले घरमा नै उपलब्ध हुने साधन स्रोतलाई प्रयोग गरेर सामान उत्पादन गर्न सकिने भन्दै नेपाली घरेलु सामानलाई बजारीकरण गर्नका निम्ति सम्भावना बोकेको सीप नै भउको उल्लेख गरिन् ।
सोही अवसरमा जोन चियर पर्सन ला. सीता के.सी, कलस्टर १७ कलस्टर प्रमुख ला. बसन्त गिरी, डेप्युटी चिफ एडभाइजर ला इन्दिरा बराल लगायतले आत्मनिर्भरका निम्ति सीप अपरिहार्य रहेको बताए ।
सो तालिममा वडा नं ९,६ र १४ मा रहेका २५ जना महिला एवं युवालाई पद्मावती हस्तकला उद्योगमा कार्यरत प्रशिक्षक दव्य विष्णु उचै ठकुरी र हीरा कुवँरले प्रशिक्षण दिएका छन् ।
Related News
सम्बन्धित समाचार
चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण
सेन्ट्रल गार्डनको अन्तर्क्रिया
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१