वल्र्डलिंकको ७२ औं शाखा स्याङ्जामा

आदर्श समाज सम्वाददाता
असार ६, २०७६
photo (6)

स्याङ्जा, ६ असार । नेपालको ठुलो इन्टरनेट प्रदायक संस्था वल्र्डलिंकको ७२ औं शाखा एक कार्यक्रमका विच स्याङ्जाको पुतलीबजारमा विस्तार भएको छ । पुतलीबजार नगरपालिकाकी प्रमुख सीमा कुमारी क्षेत्रीले शाखाको उद्घाटन गरिन् ।

नगरप्रमुख क्षेत्रीले इन्टरनेटको माध्यबाट विश्व साघुरीएको बताउदै विदेशीएकाहरुसँग सम्बन्ध विस्तार भएको बताइन् । उनले अन्य इन्टरनेट कम्पनीले भन्दा वल्र्डलिंक कम्युनिकेशनले समाजमा धेरै काम गरेकोमा धन्यबाद ज्ञापन गरिन् ।

त्यसैगरी पोखरा शाखाका प्रमुख युसफ श्रेष्ठले ग्राहकको माग अनुसार वल्र्डलिंक कम्युनिकेशन स्याङ्जाको पुतलीबजार नगरपालिकामा आएको बताए । उनले स्थानीय माग अनुसारको सेवा प्रदान गर्दै जाने बताए ।

शाखा उद्घाटन कार्यक्रममा नगर उप–प्रमुख महेश पुरी, प्रशासकीय अधिकृत रुद्रबहादुर मल्ल, वडा अध्यक्ष निर्मल शेरचन र नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा लगाएको उपस्थिति रहेको थिए ।

कम्युनिकेशनले पुतलीबजारका ५ ठाउँमा निशुल्क इन्टरनेट सेवा प्रदान गर्ने शाखा ईन्चार्ज हेमन्त शर्माले जानकारी दिए । उनले बाड्खोला, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल, वडा कार्यालयहरु र ट्राफिकचोकमा निशुल्क इन्टरनेट रहने बताए ।

२०५१ सालमा स्थापना भएको वल्र्डलिंक कम्युनिकेशन राज्यको ७२ जिल्लामा शाखा कार्यालयहरु स्थापना भैसकेका छन् । अधिराज्य भर यस कम्पनीका करिब ३ लाख ५० हजार ग्राहक रहेकोे कम्पनीले जनाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width