असीम र सिमोनलाई उपाधि

आदर्श समाज सम्वाददाता
जेठ २७, २०७६
prince_Fotor

प्रिन्स एण्ड प्रिन्सेस लमजुङको उपाधि असीम गुरुङ र सिमोन गुरुङले जितेका छन्।

प्रिन्सतर्फ विजेता अशिम वेशीशहरको युनिभर्सल एकेडेमी बोर्डिङ स्कुल कक्षा ८ मा अध्ययनरत छन्। उनले उपाधिसँगै मिस्टर हेन्डस र भ्युअर्स च्वाईस टाइटल अवार्ड समेत जितेका छन्।

सुन्दरबजारका अन्तिम दुरा मष्ट कन्फिडेन्ट, मष्ट ट्यालेन्टेड सव टाईटल अवार्डका साथमा फष्ट रनरअप घोषित भए।

यसैगरी, वेशीशहरका अञ्जन राउत मष्ट जेन्टल टाइटल अवार्डसँगै सेकेण्ड रनरअप घोषित भएको अयोजक लमजुङ डान्स स्टुडियोका नृत्य निर्देशक संजित गुरुङले बताए।

प्रिन्सेसतर्फ विजेता सिमोन मोस्ट पपुलर र मोष्ट याडोरेवल टाइटलसमेत आफ्नै पोल्टामा पारिन्।

उनी अर्थली प्याराडाईज बोर्डिङ स्कूल कक्षा–६ मा पढ्छिन्।

सो इभेन्टमा यजु गुरुङ भ्यूअर्स च्वाईस, वेष्ट स्माइल सव टाइटलसाथ फष्ट रनरअप घोषित भइन् भने अग्रिमा अधिकारी मोष्ट क्युट सब टाइटलअवार्ड सहित सेकेण्ड रनरअप घोषित भइन्।

प्रिन्सेस सिमोनलाई मिस गुरुङ इन्टरनेशलन २०१८ वविता गुरुङले ताज पहिराइन्।

त्यस्तै, प्रिन्स अशिम गुरुङलाई प्रमुख अतिथि जिल्ला समन्वय समिति लमजुङका प्रमुख लोकराज पाण्डेले शिरमा ढाका टोपी लगाइदिएर उपाधि प्रदान गरे।

लमजुङमा पहिलो पटक बालबालिका लक्षित गरी आयोजना गरिएको प्रिन्स एण्ड प्रिन्सेस लमजुङको ग्रान्ड फिनालेमा १७ जना बालबालिका भिडेका थिए।

दुवैतर्फ विजेतालाई २०/२० हजार पुरस्कार प्रदान गरियो

मिस गुरुङ इन्टरनेशनल २०१८ वविता गुरुङ, पियुष मेघा फेसन चितवनका सिइओ पियुष कुमाल, मिसेस लमजुङ २०१७ शोभा ठकुरी, लमजुङ जेसिजका निवर्तमान अध्यक्ष एवम् लमजुङ डान्स स्टुडियाका सल्लाहकार/संचारकर्मी अनुज अधिकारी निर्णायक थिए।

Related News

सम्बन्धित समाचार

hero news full width