‘मगर ढुट पाहामनले’ मिस मगर

धनबहादुर गुरुङ
भाद्र ३, २०८१
Miss Magar Photo

पोखरा । ‘झोर्ले, जेदो, सिमिङ्गेपाउ (नमस्कार) । ङौ आर्मिन जानकी रास्कोटी मगर आले । ङौ ईम महोत्तरी आले । ङा प्रतियोगी नम्बर के आले ।’ महोत्तरी बर्दिबास घर भएकी जानकी रास्कोटी मगर भाषा (ढुट) मा परिचय दिन सक्ने भएकी छिन् । एसटी क्रियसन म्यानेज्मेन्ट प्रालिले आयोजना गरेको मिस मगर नेपालमा जोडिनु अघि उनले मगर भाषा फिटिक्कै बोल्न जान्थिनन् ।

मिस मगर नेपाल २०२४ को प्रतिस्पर्धी बनेपछि मगर भाषा, कला, संस्कार, संस्कृतिका बारेमा धेरै ज्ञान पाएको उनी सुनाउँछिन् । उक्त प्रतियोगिताको टोली शुक्रबार र शनिबार स्याङ्जाको हरिनास गाउँपालिका ४ स्थित चित्रेभञ्ज्याङ गाउँ पुगेको थियो । जहाँ ११ जना प्रतिस्पर्धीहरूसँगै मिस मगर नेपालका पूर्वविजेता र सहभागीसँगै केही अग्रज अगुवा टोली पनि थियो । उनीहरू चित्रे गाउँको जीवन्त मगर भाषा, कला र संस्कृतिसँग रमाए । ‘पहिला भिडियोमा कौराहा हेरेको थिए । लाइभ नै गाउने नाच्ने र रहर थियो । चित्रे गाउँमा आएर पूरा भयो,’ जानकीले भनिन्, ‘कौराहा मात्र नभएर मगरहरूको भाषा, कला, संस्कार समग्र संस्कृतिका बारेमा बुझ्ने मौका पाए ।’

मिस मगर नेपाल यस समुदायको महिलाहरूको क्षमता विकाससँगै आफ्नो जातीको महत्व बुझाउने सुन्दरी प्रतियोगिता रहेको अघिल्लो संस्करणकी विजेता बिनु राना मगर बताउँछिन् । यो प्रतियोगिता अरु भन्दा भिन्न रहेको उनको भनाइ छ । ‘ब्युटी प्याजेन्टको बारेमा अरुबाट केही नराम्रो कुराहरू त सुनेको हो । तर, मिस मगर नेपालमा जोडिएपछि जस्तो बाहिर सुनिएको थियो त्यो पाइन्,’ बिनुले भनिन्, ‘मगर गाउँमै पुगेर त्यहाँको संस्कार संस्कृति रीतिरिवाज बुझाउने प्रयास कमै सुन्दरी प्रतियोगितामा गरेको पाइन्छ । हाम्रो पालामा तनहुँको दगाम गाउँ गइएको थियो । त्यहाँ मगरको बारेमा धेरै जानकारी लिने अवसर पाइएको थियो ।’

हरिनास गाउँपालिका उपाध्यक्ष इन्द्रकुमारी थापा रानाले मगर जातीको भाषा, कला, सहित्य, संस्कार संस्कृति संरक्षणका लागि रचनात्मक कार्यक्रम जरुरी रहेको बताइन् । ‘मिस मगर नेपालका प्रतियोगीहरूलाई अध्ययन भ्रमणका लागि यहाँ ल्याउनुभएकोमा हामी खुसी छौं’, उपाध्यक्ष रानाले भनिन्, ‘स्याङ्जाको चित्रे मगर समुदायको बाहुल्यता भएको गाउँ हो, यहाँ मगर भाषा, संस्कृतिहरू अझै पनि रहेका छन्, मगर भाषा, संस्कृति हामीले पुस्तान्तरण गर्न आवश्यक छ, यस प्रतियोगिताले पक्कै पनि मगर समुदायको भाषा, संस्कृति संरक्षणमा सहयोग पु¥याउँछ भन्ने विश्वास लिएको छु ।’

मिस मगर नेपालको आयोजना गरी महिलाहरूको क्षमता अभिवृद्धिसँगै मगर समुदायको बारेमा जानकारी दिने कार्यक्रम अत्यन्तै सराहनीय रहेको उनको भनाइ थियो । स्याङ्जाको हरिनास गाउँपालिकामा ६८ प्रतिशत मगर समुदाय रहेको र त्यसमा पनि चित्रे गाउँमा शतप्रतिशत घरधुरी मगरहरूको रहेको जानकारी गराउँदै संस्कृति संरक्षणसँगै बुझ्न पुग्नेलाई सहयोग गर्न तत्पर रहेको उनले बताइन् ।

मिस मगर नेपाल–२०२४ को फाइनल चरणका लागि ११ जना प्रतिस्पर्धी उपाधि दौडमा छन्

एसटी क्रियसन म्यानेज्मेन्ट प्रालिका निर्देशक सुरज थापाले ‘मगर भाषा, संस्कृतिको उत्थान प्रतिभाको प्रस्फुटन हाम्रो अभियान’ नारा नै काफी रहेको बताए । ‘हाम्रो समुदायको युवापुस्तामा भाषा, भेषभूषा, संस्कार संस्कृति प्रति चासो रहेको पाइँदैन,’ उनले भने, ‘यस्तो कार्यक्रममा युवाहरूको सहभागिता हुने भएकाले त्यसैको माध्यमबाट उहाँहरूलाई सिकाउने बुझाउने हाम्रो उद्देश्य हो ।’ प्रतिस्पर्धीहरूले भाषा, संस्कृतिका बारेमा बुझ्दै प्रवद्र्धन गर्नुपर्ने बाध्यात्मक नियम रहेको उनले सुनाए ।

नेपाल मगर संघ गण्डकी प्रदेशका उपाध्यक्ष एवं भ्रमण संयोजक पवित्रा थापा मगरले मगर समुदायको भाषा, संस्कार–सस्कृति बुझाउन सहयोग पु¥याउने उद्देश्यले चित्रे गाउँलाई रोजेको बताइन् । ‘मिस मगर नेपाल २०२४ आयोजना गर्दै गर्दा हामी अहिले सातांै संस्करणको ग्रान्ड फिनालेमा आइपुगेका छौं, नेपालको विभिन्न जिल्लाबाट २० जना प्रतियोगीहरू छनोट हुनुभएको थियो’, थापाले भनिन् ‘विभिन्न चरणहरू पार गर्दै अहिले ग्रान्ड फिनालेका लागि ११ जना अन्तिम चरणमा छनोट हुनुभएको छ, उहाँहरूलाई मगर समुदायको परम्परा, भाषा, संस्कृतिसँगै नेतृत्व तथा व्यक्तित्व विकासका लागि प्रतियोगिता आयोजना गरेका हौं ।’

चित्रेभञ्ज्याङमा भएको कार्यक्रममा एसटी क्रियसन म्यानेजमेन्टका अध्यक्ष एमबि आस्थामगर, कार्यक्रम संयोजक रुद्र श्रीसमगर, मिस मगर नेपाल २०२४ का शीर्षक प्रायोजक निट डेन्टल केयर प्रालिका निर्देशक बीरबहादुर राना (वीरेन), नेपाल मगर संघ कास्कीका सहसचिव शिव थापा, चित्रेका टोल संयोजक पहलसिंह राना मगर लगायतले मगर समुदायको उत्थानका लागि मिस मगर नेपालले योगदान दिनुपर्नेमा जोड दिएका थिए ।

सातौं संस्करणको मिस मगर नेपाल–२०२४ को फाइनल चरणका लागि छानिएका ११ जना प्रतिस्पर्धी उपाधि दौडमा छन् ।

आगामी २२ भदौमा पोखरामा यसको ग्रान्ड फिनाले हँुदैख छ । २० जनाबाट छानिएका ११ प्रतिस्पर्धी दीपिका आले मगर (रामेछाप), आशिका गर्बुजा मगर (म्याग्दी), अनुजा पुन मगर (बागलुङ), नरिशा पुन मगर (म्याग्दी), सरिता थापामगर (रामेछाप), माया दर्लामी मगर (स्याङ्जा), रश्मि आले मगर (महोत्तरी), जानकी रास्कोटी मगर (महोत्तरी), अस्मिता बुढा मगर (रोल्पा), कृष्टिना पुन मगर (म्याग्दी) र जेरुशा सारु मगर (काठमाडौं) यतिखेर विभिन्न तालिममा व्यस्त छन् ।

उनीहरूलाई मगर मातृभाषा, कला, संस्कृतिहरूबारे प्रशिक्षण भइरहेको टिम संयोजक प्रियन्का गर्बुजा मगरले बताइन् । उनीहरूलाई कार्यक्रम संयोजक तथा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरले भाषा, कला र संस्कृतिको प्रशिक्षण दिइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । नेपाल मगर संघका संस्थापक अध्यक्ष हेमबहादुर पुन मगर राष्ट्रिय भावनाले ओतप्रोत व्यक्तित्व भएको चर्चा गरिएको छ । नेपाल…
  • सदस्यता नदिएकोमा कास्कीमा विरोध

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ । कास्कीका…
  • भागवत् वाचन प्रतियोगिता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    लेखनाथ । पोखरा ३२, स्थित राधाकृष्ण मन्दिर, शान्ति आश्रममा भागवत् वाचन प्रतियोगिता सम्पन्न भएको छ । भक्ति गोविन्द भागवत्श्री अध्ययन…
  • प्रथम पर्वतीय दौडमा अनलाइनबाटै दर्ता

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । पोखराको पुम्दीभुम्दीमा आगामी १२ असोजमा हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागी हुने धावकले अनलाइनबाटै फारम भरी दर्ता…
  • सहारा क्लबलाई अमेरिका बस्ने नेपालीको सहयोग

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८१
    पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा फुटबल एकेडेमी संचालनार्थ स्थापित अक्षयकोषमा अमेरिका बस्ने नेपालीले सहयोग गरेका छन् । क्लबको…

hero news full width