रेन इन्टरटेनमेन्टको छैटौं सिजन

आदर्श समाज सम्वाददाता
भाद्र ६, २०८१
Byanjan Raitainment Photo

पोखरा । पोखरामा रेन इन्टरटेनमेन्ट (पानीमा रमाइलो) को छैटौं संस्करण शुक्रबार र शनिबार हुने भएको छ ।

युवावर्गलाई मनोरञ्जन दिने उद्देश्यले व्यञ्जन रेष्टुरेण्ट र बिच बार एण्ड लाउन्ज आयोजनामा उक्त कार्यक्रम हुन लागेको बुधबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । शुक्रबार व्यञ्जन रेष्टुरेण्ट र शनिबार बिच बार एण्ड लउन्जमा कार्यक्रम हुने व्यञ्जन रेस्टुरेन्ट सञ्चालक वैभव पौडेलले बताए ।

सन् २०१८ देखि रोकिएको यो कार्यक्रममा यस वर्षदेखि सुचारु गर्न लागिएको उनको भनाइ छ । ‘जुन÷जुलाई निकै पानी पर्ने समय हो, यतिबेला यहाँको पर्यटन निकै सुस्त हुन्छ । यही कुरा मध्यनजर गरी पर्यटन प्रवद्र्धनहोस् भनेर कार्यक्रम गर्न लागेका हौं,’ उनले भने, ‘त्यो दिनमा आकाशबाट पानी नपरे पनि कृत्रिम बर्षा गराएर कार्यक्रम गर्नेछौं ।’

कार्यक्रममा सहभागीले लाइभ म्युजिक, डान्स, फेशन सो र झरीको फ्युजन महसुस गर्न पाउने व्यञ्जनका व्यवस्थापक तथा कार्यक्रम संयोजक मनोज भट्टले बताए । ‘ग्राहकका लागि मनोरञ्जनका प्याकेज हुने नै भयो, सँगै यस इभेन्टले आन्तरिक मात्रै नभएर बाह्य पर्यटकलाई समेत पोखरातिर आकर्षित गर्ने विश्वास लिएको छु,’ उनले भने । उनले झरीमा मोडललाई ¥याम्पसमेत उतारिने छ ।

सो अवसरमा कलाकारको प्रस्तुति रहनेछ । झरीमा रुझ्दै नाचगान, खानपिन गर्ने थिमको यो कार्यक्रम पहिले निकै रुचाइएको थियो । कार्यक्रममा इभेन्ट म्यानेजमेन्टको जिम्मा जक्सन डटकमले लिएको छ ।

Related News

सम्बन्धित समाचार

  • ६ वर्षपछि मिस पोखरा

    आदर्श समाज सम्वाददाता भाद्र १९, २०८१
    पोखरा । पोखरा जेसीज आयोजनामा ११ औं संस्करणको सौन्दर्य प्रतियोगिता ‘मिस पोखरा २०२४’ हुने भएको छ । सन् २०१८ पछि…
  • राष्ट्रिय भेलामा जुट्दै नृत्य निर्देशक संघ

    आदर्श समाज सम्वाददाता भाद्र ५, २०८१
    पोखरा । नृत्य निर्देशक संघ नेपालको आगामी पुस अन्तिम साता राष्ट्रिय भेला–२०८१ हुने भएको छ । तयारीका लागि पोखरामा संघका…
  • ‘मगर ढुट पाहामनले’ मिस मगर

    धनबहादुर गुरुङ भाद्र ३, २०८१
    पोखरा । ‘झोर्ले, जेदो, सिमिङ्गेपाउ (नमस्कार) । ङौ आर्मिन जानकी रास्कोटी मगर आले । ङौ ईम महोत्तरी आले । ङा…
  • ११ मगर सुन्दरी तालिममा व्यस्त

    आदर्श समाज सम्वाददाता श्रावण ३२, २०८१
    पोखरा । सातौं संस्करणको मिस मगर नेपाल–२०२४ को फाइनल चरणका लागि छानिएका ११ जना प्रतिस्पर्धी उपाधि दौडमा छन् । एसटी…
  • चलचित्र पत्रकार संघ कास्कीको २१ औं स्थापना दिवस

    आदर्श समाज सम्वाददाता असार २३, २०८१
    पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीले २१ औं स्थापना दिवस मनाएको छ । २०६० असार २२ मा श्रीराम सिग्देलको…

hero news full width