६ वर्षपछि मिस पोखरा

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०८१
Miss Pokhara Photo

पोखरा । पोखरा जेसीज आयोजनामा ११ औं संस्करणको सौन्दर्य प्रतियोगिता ‘मिस पोखरा २०२४’ हुने भएको छ । सन् २०१८ पछि मिस पोखरा हुन सकेको थिएन ।

युवा नारीको अन्तरनिहीत क्षमता तथा प्रतिभा प्रस्फुटन गराउने उद्देश्यका साथ इभेन्ट फर यू प्रालिको इभेन्ट म्यानेज्मेण्टमा सौन्दर्य प्रतियोगिता हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाइएको हो । त्यसका लागि पत्रकार सम्मेलनसँगै फर्म वितरण सुरु भएको छ । ग्राण्ड फिनाले १७ असोजमा हुने मिस पोखरा–२०२४ संयोजक श्रीकृष्ण सुनारले जानकारी दिए । फर्म वितरण आगामी २ असोजसम्म चल्नेछ । उक्त दिनससम्म १२ उत्र्तीण गरेका १७ देखि २५ वर्ष उमेर समूहका अविवाहित नारीले प्रतियोगितामा सहभागी हुन पाउने कार्यक्रम संयोजक सुनारले बताए । ३ असोजमा अडिसन लिइनेछ ।

मिस पोखराले ताजसहित स्कुटर, ५० हजार रुपैयाँ तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने पोखरा जेसीज अध्यक्ष देवराज शर्माले बताए । फस्ट रनर अपले ताजसहित ३० हजार रुपैयाँ र आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । सेकेन्ड रनर अपले ताज, २० हजार रुपैया तथा आकर्षक गिफ्ट ह्याम्पर हात पार्नेछन् । यस्तै वेष्ट पर्सनालिटी, ट्यालेन्ट, स्माइल, हेयर, क्याटवाक, ड्रेस, फोटोजेनिक, भ्यूअर च्वाइस, पपुलारिटी र इन्टेक्टमा विद्यागत अवार्डसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने शर्माले बताए ।

अडिसनबाट छनोटलाई अभिमुखीकरण र परामर्श, आवश्यक तालिम, फोटोसुट, ट्यालेण्ट सो लगायत गतिविधिमा सामेल गराइने इभेन्ट फर यूका अध्यक्ष विशाल गुरुङले बताए ।

सारा बजिमय पछिल्लो पटक भएको सन् २०१८ को इभेन्टकी विजेता हुन् ।

Related News

सम्बन्धित समाचार

  • रेन इन्टरटेनमेन्टको छैटौं सिजन

    आदर्श समाज सम्वाददाता भाद्र ६, २०८१
    पोखरा । पोखरामा रेन इन्टरटेनमेन्ट (पानीमा रमाइलो) को छैटौं संस्करण शुक्रबार र शनिबार हुने भएको छ । युवावर्गलाई मनोरञ्जन दिने…
  • राष्ट्रिय भेलामा जुट्दै नृत्य निर्देशक संघ

    आदर्श समाज सम्वाददाता भाद्र ५, २०८१
    पोखरा । नृत्य निर्देशक संघ नेपालको आगामी पुस अन्तिम साता राष्ट्रिय भेला–२०८१ हुने भएको छ । तयारीका लागि पोखरामा संघका…
  • ‘मगर ढुट पाहामनले’ मिस मगर

    धनबहादुर गुरुङ भाद्र ३, २०८१
    पोखरा । ‘झोर्ले, जेदो, सिमिङ्गेपाउ (नमस्कार) । ङौ आर्मिन जानकी रास्कोटी मगर आले । ङौ ईम महोत्तरी आले । ङा…
  • ११ मगर सुन्दरी तालिममा व्यस्त

    आदर्श समाज सम्वाददाता श्रावण ३२, २०८१
    पोखरा । सातौं संस्करणको मिस मगर नेपाल–२०२४ को फाइनल चरणका लागि छानिएका ११ जना प्रतिस्पर्धी उपाधि दौडमा छन् । एसटी…
  • चलचित्र पत्रकार संघ कास्कीको २१ औं स्थापना दिवस

    आदर्श समाज सम्वाददाता असार २३, २०८१
    पोखरा । चलचित्र पत्रकार संघ नेपाल कास्कीले २१ औं स्थापना दिवस मनाएको छ । २०६० असार २२ मा श्रीराम सिग्देलको…

hero news full width