पोखरा । नृत्य निर्देशक संघ नेपालको आगामी पुस अन्तिम साता राष्ट्रिय भेला–२०८१ हुने भएको छ । तयारीका लागि पोखरामा संघका विभिन्न प्रदेश अध्यक्ष र सचिवस्तरीय बृहत् प्रारम्भिक छलफलले आगामी २६ र २७ पुसमा कोशीमा प्रथम राष्ट्रिय भेला–२०८१ आयोजना गर्ने निर्णय गरेको संघका सचिव एवं प्रवक्ता ऋषिकेश श्रेष्ठले बताए ।
छलफलमा नृत्य निर्देशक संघ नेपालअन्तर्गत गण्डकीसहित, लुम्बिनी, कोशी, मधेश, बागमती र कर्णाली प्रदेशका अध्यक्ष तथा सचिवको उपस्थिति रहेको संघका सहकोषाध्यक्ष केशव कोइरालाले बताए । साथै, जिल्ला, नगर, गाउँपालिका अध्यक्ष तथा सचिवहरुको उपस्थिति थियो । छलफलमा सबै प्रदेश, जिल्ला, नगरका अध्यक्ष र सचिवहरुले आ–आफ्नो योजना प्रस्तुत गरेको संघका कार्यसमिति सदस्य बुद्ध लामाले बताए ।
संघ गण्डकी प्रदेश व्यवस्थापनमा भएको छलफलको पहिलो सत्र केन्द्रीय अध्यक्ष भुवनदास श्रेष्ठको अध्यक्षता एवं गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरुङको प्रमुख आतिथ्यमा भएको हो । कार्यक्रममा उपकुलपति गुरुङले सम्पूर्ण नृत्य निर्देशकहरुले नृत्यसम्बन्धी अध्ययन र अनुसन्धान गर्दै विद्यार्थीलाई प्रशिक्षण गराउनु पर्ने बताए ।
संघ अध्यक्ष श्रेष्ठले नेपाल सरकार बाट राष्ट्रिय नृत्य दिवस घोषणाका लागि देशैभरका नृत्य निर्देशक एकजुट हुनुपर्ने बताए ।
Related News
सम्बन्धित समाचार
६ वर्षपछि मिस पोखरा
रेन इन्टरटेनमेन्टको छैटौं सिजन
‘मगर ढुट पाहामनले’ मिस मगर
११ मगर सुन्दरी तालिममा व्यस्त
चलचित्र पत्रकार संघ कास्कीको २१ औं स्थापना दिवस
hero news full width
मुख्य समाचार
हेमबहादुर: दोस्रो विश्वयुद्धका योद्धा
पोखरामा कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्सव मनाइयो
भाद्र ३१, २०८१प्रेस रजिष्ट्रार विमला भण्डारीको शपथ
भाद्र ३१, २०८१मदरल्याण्ड र विन्ध्यवासिनी उत्कृष्ट
भाद्र ३०, २०८१पोखरा उद्योग वाणिज्य संघमा गोकर्ण निर्वाचित
भाद्र ३०, २०८१डिएलए कास्कीमा शर्मा
भाद्र २९, २०८१