गण्डकी स्टार सिजन–५

आदर्श समाज सम्वाददाता
असाेज ६, २०८१
Gandaki Star Main

पोखरा । नृत्य एवं गायन प्रस्फुष्टन गर्ने उद्देश्यसहित नन्द इन्टरटेनमेन्ट हाउस आयोजनामा पोखरामा गायन तथा नृत्य प्रतियोगिता ‘गण्डकी स्टार सिजन–५’ सम्पन्न भएको छ ।

शनिबार पोखरा उद्योग वाणिज्य संघमा ग्राण्ड फिनालेमा नृत्यतर्फ उपाधि डायमण्ड सेकेन्डरी बोर्डिङकी श्रेया श्रीस मगरले जितिन् । यस्तै, गायनतर्फ उपाधि कुश गुरुङले हात पार्न सफल भए ।

फाइनलिष्ट अन्य ४ जनालाई पछि पार्दै श्रेयाले उपाधि जित्न सफल भएकी हुन् । उनले म्यूिजक भिडियो खेल्ने अवसरसहित गिफ्ट ह्याम्पर प्राप्त गरिन् ।

नृत्यतर्फ डायमण्ड सेकेन्डरी बोर्डिङकी श्रेया श्रीस मगर र गायनमा कुश गुरुङलाई उपाधि

फस्ट रनर अप इलिस्पा गौतम, सेकेण्ड रनर अप स्वस्तिका तामाङ, थर्ड रनर अप स्वीकृति गुरुङ र फोर्थ रनर अप शकुन्तला अधिकारी भइन् । उनीहरुले नगद र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

गायन विधामा उपाधि जितेका कुश गुरुङले गीत रेकर्ड गर्ने अवसरसहित विभिन्न गिफ्ट ह्याम्पर जिते । फस्ट रनर अप झलक गुरुङ, सेकेण्ड रनर अप इञ्जिनियर अनिल ढुंगाना, थर्ड रनर अप दीपक सुनार र फोर्थ रनर अप अमृता तामाङ बन्न सफल भए । उनीहरुले नगद र गिफ्ट ह्याम्पर प्राप्त गरे ।

समारोहमा उत्कृष्ट अभिभावक सम्मानबाट लक्ष्मी शर्मालाई प्रदान गरियो । उत्कृष्ट कोरियोग्राफर सम्मान समृद्धि पाण्डे प्राप्त गरिन् ।

नृत्यतर्फ निर्णायकमा ईश्वरवल्लभ उप्रेती, पूजा ठाकुर, माया गुरुङ तथा गायनमा करन तामाङ, दिलकुमारी खाँण, आरजु बिष्ट ‘सल्यानी’ र सोना अमात्य थिए ।

प्रमुख अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक ध्रुवराज राउतले यसप्रकारका कार्यक्रमले लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्न सहयोग पुग्ने बताए ।

मुख्य प्रायोजक इन्टरनेशनल कलेज अफ साइनस (आइक्यास) पोखराका प्रबन्ध निर्देशक समीर थापाले मोफसलकै उत्कृष्ट कार्यक्रम गण्डकी स्टार भएको र कार्यक्रमको निरन्तरमा जोड दिए । आइक्यासको मुख्य प्रायोजनमा भएको उक्त इभेन्टमा विभिन्न गीत एवं नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रमका निर्देशक देवेन्द्र शाहीले प्रतिभा उजागर गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै जाने बताए । संस्थाले यसअघि गण्डकी डान्स, पोखरा चाइल्ड स्टार, सोसल अवार्ड लगायत कार्यक्रम गरिसकेको देवेन्द्र शाहीले बताए ।

Related News

सम्बन्धित समाचार

  • दशैँमा गावै रमाइलो, तर बाहिरिने कम

    धनबहादुर गुरुङ असाेज २२, २०८१
    पोखरा । पर्यटनको राजधानी पोखरालाई कर्मथलो र पढ्नेथलो बनाएकाहरु दशैँतिहार माहोलसँगै यतिखेर गाउँ फर्कने तयारीमा छन् । त्यसैबेला पोखराका प्रमुख…
  • तरकारी संकलन केन्द्रलाई लिबर्डको सहयोग

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । लिबर्डले अन्नपूर्ण गाउँपालिका चुहिनेपहरास्थित कृषि उपज संकलन तथा बिक्री केन्द्रलाई सामग्री सहयोग गरेको छ । संस्थाले सोमबार पर्यावरणीय…
  • सार्वजनिक यातायात तथा हवाई टिकट पाउन मुस्किल

    रासस असाेज २१, २०८१
    काठमाडौं । बडादसैँ मनाउन जन्मस्थान जान काठमाडौँ उपत्यका छाड्नेको संख्या दिनहुँ बढ्दै गइरहेका छन् । अहिले लामो दूरीका सार्वजानिक यातायात…
  • साहित्यकार शकुनको कृति चर्चा

    आदर्श समाज सम्वाददाता असाेज २१, २०८१
    पोखरा । साहित्यकार शकुन ज्ञवालीको मुक्तक संग्रह ‘खबरमा छु प्रिय’ बारे पोखरामा सोमबार परिचर्चा भयो । त्यस अवसरमा प्रमुख अतिथि…
  • प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही

    रासस असाेज २१, २०८१
    काठमाडौं । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न…

hero news full width