मेघ गर्जनसहित क्षणिक वर्षा हुने

रासस
जेठ २, २०७६
YNOOLIQ2JJGRLJTQXRQXHHIDHI

काठमाडौँ, २ जेठ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज (विहीवार) काठमाडौँ उपत्यकासहित देशभर आंशिक तथा सामान्य बदली हुनाका साथै मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

पूर्वी क्षेत्रमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाफयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदली र हावाहुरीसहित वर्षा भइरहेको मौसामविद् राजु प्रधानाङ्गले बताए । शनिबार फेरि पश्चिमी वायु नेपाल प्रवेश गर्ने भएकाले पुनः बदली हुने मौसमविद् प्रधानाङ्गले जानकारी दिए । पूर्व मनसुनको समय भएकाले यस्तै गतिविधि दोहोरी रहने उनको भनाइ थियो ।

राति देशको पूर्वी तथा मध्य क्षेत्र र पश्चिमी क्षेत्रमा आंशिक बदली रही पहाडी भागका केही स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्म्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलि शुक्रबार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि एक दुई स्थानमा हावाहुरीसहित हल्का तथा मध्यम वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

त्यस्तै शनिबार देशको पहाडी भागमा आंशिक बदली रही पश्चिमी पहाडी क्षेत्रका केही स्थान तथा मध्य र पूर्वी भागका एक–दुई स्थानमा समेत मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वनुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १५।५ डिग्री सेल्सियस र अधिकमत तापक्रम २८।५ डिग्री सेल्सियस रहने छ । यसैगरी नेपालगञ्जको अधिक मत तापक्रम ४०।५ डिग्री सेल्सियस रहने जनाइएको छ ।

Related News

सम्बन्धित समाचार

  • आइटी एक्स्पोमा वेटर एप सर्वोत्कृष्ट

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८०
    पोखरा। गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्स, लामाचौरमा आयोजित ‘नवौं जिसिइएस आइटी एक्स्पो–२०८०’ मा वेटर मोबाइल एप सर्वोत्कृष्ट भएको छ ।…
  • सिजी नेट जोड्ने ग्राहकको बिमा

    आदर्श समाज सम्वाददाता वैशाख ३, २०८०
    पोखरा । सिजी नेटले आइतबारदेखि पोखरामा सेवा शुभारम्भ गरेको छ । चौधरी ग्रुपको इन्टरनेट सेवा प्रदायक संस्था सिजी नेटले पोखरामा…
  • भवानी कालिकामा अब डिजिटल प्रविधि

    आदर्श समाज सम्वाददाता चैत्र १६, २०७९
    पोखरा । पोखरा २६ को भवानी कालिका माविमा डिजिटल प्रविधिको स्माट डिभाइस तथा जेरो क्लाइन्ट नेटवर्क जडान गरिएको छ ।…
  • भवानी कालिकामा अब डिजिटल प्रविधि

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०७९
    पोखरा । पोखरा २६ को भवानी कालिका माविमा डिजिटल प्रविधिको स्माट डिभाइस तथा जेरो क्लाइन्ट नेटवर्क जडान गरिएको छ ।…
  • वैज्ञानिक उत्पादन गर्न साइन्स फेस्टिभल

    आदर्श समाज सम्वाददाता फागुन १८, २०७९
    पोखरा । वैज्ञानिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले पोखरामा हिमालय साइन्स फेस्टिभल हुने भएको छ। हिमालय साइन्स फाउन्डेसन आयोजनामा आगामी जेठ ४…

hero news full width