भूकम्प पीडितलाई फेवा वेगनास चौतारीको सहयोग

आदर्श समाज सम्वाददाता
मंसिर २४, २०८०
begnas

पोखरा । लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीले भूकम्प पीडितलाई न्यानो कपडा सहयोग गरेको छ । क्लबले जाजरकोट केन्द्रबिन्दु भइ कात्तिक १७ गते गएको विनाशकारी भूकम्प पीडितलाई ८५ हजार रुपैयाँ बराबरको सहयोग गरेको क्लबका अध्यक्ष टीकाबहादुर लम्सालले बताए ।

भूकम्प प्रभावित रुकुम जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर १४ मा पुगेर नगर प्रमुख रवि केसीलाई सहयोग हस्तान्तरण गरिएको अध्यक्ष लम्सालले बताए । लायन्स इन्टरनेसनल डिस्ट्रिक ३२५ ‘जे’ नेपालमा रहेको क्लबले निरन्तर रुपमा सामाजिक कार्यमा सहयोग गर्दै आएको अध्यक्ष लम्सालको भनाइ छ ।

Related News

सम्बन्धित समाचार

  • रोटरी युथ लिडरसिप अवार्डबाट नौलो अनुभूति

    आदर्श समाज सम्वाददाता माघ ४, २०८०
    पोखरा । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटान अन्तर्गत रोटरी युथ लिडरसिप अवार्ड (राइला) सम्पन्न भएको छ । चारदिने कार्यक्रमबाट आफूहरुमा…
  • स्वास्थ्य क्षेत्रमा उच्छृखंलता बढ्दो छ : मुख्यमन्त्री पाण्डे

    आदर्श समाज सम्वाददाता असाेज १४, २०८०
    पोखरा ।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्वास्थ्य क्षेत्रमा उच्छृखंलता बढ्दै गएको बताएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट आर्थिक…
  • लामास्वाँरामा लायन्स क्लब अफ पोखरा फर्निसिङको वृक्षरोपण

    आदर्श समाज सम्वाददाता असार २३, २०८०
    पोखरा । लायन्स क्लब अफ पोखरा फर्निसिङको आयोजनामा पोखरा ३१ लामास्वाँरास्थित इन्द्रेणी आधारभूत विद्यालय र चक्रदेवी मन्दिर परिसरमा शनिबार वृक्षरोपण…
  • ब्रह्मरुपा माविमा छात्रवृत्ति वितरण

    आदर्श समाज सम्वाददाता जेठ १६, २०८०
    लेखनाथ । लायन्स क्लब अफ पोखरा गण्डकी अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ जे ले नेपालले सञ्चालन गरेको पढाऊ अभियानअन्तर्गत गरिब तथा जेहेनदार विद्यार्थीलाई…
  • लायन्स फेवा वेगनासमा टीका

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८०
    पोखरा । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा फेवा वेगनास चौतारीको लायन वर्ष २०२३÷२४ को…

hero news full width