भिक्षु महासंघलाई कथिन चिवरदान – फोटो फिचरसहित

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०८०
chibardan (1)

पोखरा । धर्मशीला बुद्ध विहार पोखरा–३ को आयोजनामा कथिन चिवरदान महोत्सव शनिबार सम्पन्न भयो ।

सो विहारका भिक्षु धजवन्तोबाट ३ महिले विनयानुकुल वर्षाबास अधिष्ठान पूरा भएको उपलक्ष्यमा सो कार्यक्रम भएको हो ।

पोखरा मोहरियाटोल निवासी तुम्लादेवी बुद्धाचार्यले दिवंगत ससुरा डिल्लीमान र दिवंगत पति पुष्करमान बुद्धाचार्यको पुण्य स्मृतिमा भिक्षु महासंघलाई कथिन चिवरदान प्रदान गरिएको थियो ।

त्यस अवसरमा प्रमुख अतिथि लुम्बिनी विश्वविद्यालयका उप–प्राध्यापक तथा अखिल नेपाल भिक्षु महासंघका कार्यकरिणी सदस्य भिक्षु सिरि बजिरले चिवरदानको महत्वबारे प्रकाश पारेका थिए ।

धर्मशीला बुद्ध बिहार दायक सभाका अध्यक्ष श्याम शाक्यको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा चिवरदाता परिवारको तर्फबाट राजेशमान शाक्यले धन्यवाद ज्ञापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width