एनसेलद्वारा छात्रवृत्ति तथा उत्कृष्टता सम्मान

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७९
ncell scholar

पोखरा । एनसेल आजियाटा लि.ले इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोकका विभिन्न संकायमा उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान–२०७९ प्रदान गरेको छ ।

कम्पनीले व्यावसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्दै आएको छ ।

एनसेलको मुख्य कार्यालय एनसेल आइकन, लैनचौरमा आयोजित समारोहमा २०७९ का लागि १८ शीर्षकअन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजा आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान प्रदान गरिएको हो । साथै उत्कृष्ट नतिजा ल्याई ती ५ संकायबाट स्नातक उत्तीर्ण गरेका ६ विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरियो ।

क्याम्पस चिफ एसोसियट प्राडा इन्द्रप्रसाद आचार्य र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्तरुपमा विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरे । त्यसैगरी, एनसेलका चिफ टेक्निकल एन्ड इन्टरप्राइज विजनेस अफिसर अदिल इस्रार, स्ट्राटेजी डाइरेक्टर इफ्तखार इस्लाम, कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले देशको सबैभन्दा प्रतिष्ठित क्याम्पसको सहकार्यमा २०७१ सालदेखि एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गर्दै युवा प्रतिभाको विकासमा योगदान पु¥याउन पाउँदा खुसी व्यक्त गरे । उनले एनसेलमा आफूहरु दिगो विकास लक्ष्य अनुरूप सरकारले परिभाषित गरेका ३ क्षेत्रहरूलाई उच्च प्राथमिकता दिंदै आएको बताए ।

Related News

सम्बन्धित समाचार

  • भवानी कालिकामा अब डिजिटल प्रविधि

    आदर्श समाज सम्वाददाता चैत्र १६, २०७९
    पोखरा । पोखरा २६ को भवानी कालिका माविमा डिजिटल प्रविधिको स्माट डिभाइस तथा जेरो क्लाइन्ट नेटवर्क जडान गरिएको छ ।…
  • भवानी कालिकामा अब डिजिटल प्रविधि

    आदर्श समाज सम्वाददाता चैत्र १५, २०७९
    पोखरा । पोखरा २६ को भवानी कालिका माविमा डिजिटल प्रविधिको स्माट डिभाइस तथा जेरो क्लाइन्ट नेटवर्क जडान गरिएको छ ।…
  • वैज्ञानिक उत्पादन गर्न साइन्स फेस्टिभल

    आदर्श समाज सम्वाददाता फागुन १८, २०७९
    पोखरा । वैज्ञानिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले पोखरामा हिमालय साइन्स फेस्टिभल हुने भएको छ। हिमालय साइन्स फाउन्डेसन आयोजनामा आगामी जेठ ४…
  • महावीरले भेटे प्रधानमन्त्री

    आदर्श समाज सम्वाददाता फागुन ९, २०७९
    काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकास नभइकन नेपालको विकास हुन नसक्ने बताउनुभएको छ। आज बालुवाटारस्थित निवासमा आविस्कार केन्द्रका…
  • इन्टरनेट सेवा गुणस्तरीय बनाऊ, तिरेको शुल्क अनुसारको सेवा देऊ

    आदर्श समाज सम्वाददाता फागुन १, २०७९
    पोखरा ।  हाल उपभोक्ताहरुले प्रयोग गरिरहेको ईन्टरनेट सेवा गुणस्तरीय नभएको भन्दै पोखरामा आयोजना गरिएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन्…

hero news full width