एनसेलको ‘पहिलो सिम’ योजना

आदर्श समाज सम्वाददाता
वैशाख २०, २०७९
ncell

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले २०७९ सालको एसइई दिएका विद्यार्थीका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ । यो योजनामा एसइईका विद्यार्थीले प्रिपेड सिमको खरिदमा सोसल मिडिया प्रयोग गर्न ४ जिबी डेटाका साथै रिचार्जमा बोनसलगायत विभिन्न फाइदा लिन सक्छन् ।

वैशाख १६ देखि संचालनमा सो योजनामा २०७९ को एसइई परीक्षाको प्रवेशपत्र भएका सबै विद्यार्थीले आफ्नो वा आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपि, एकप्रति पासपोर्ट साइज फोटोसहित नजिकैको एनसेल सेन्टरबाट र डाइरेक्ट सेलिङ प्वाइन्टबाट यो पहिलो सिम लिन सक्छन् ।

कर सहितमात्र ४८ रुपैयाँमा लिन सकिने यो सिम कार्डमा विद्यार्थीले १० रुपैयाँको मेन ब्यालेन्ससहित सामाजिक सञ्जाल (फेसबुक, युट्यूब र टिकटक) प्रयोग गर्नका लागि ४ जिबी डेटा (हरेक हप्ता १ जिबी डेटा गरी ४ हप्तासम्म) को फाइदा लिन सक्छन् ।

यसका साथै पहिलो सिम प्रयोग गर्ने विद्यार्थीले रिचार्जमा बोनसको पनि फाइदा लिन सक्छन् । जसअन्तर्गत विद्यार्थीले ६ महिनासम्म हरेक ५० वा सोभन्दा बढीको रिचार्जमा सामाजिक सञ्जाल चलाउन १ जिबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् । प्राप्त बोनस डेटा ७ दिनको लागि मान्य रहनेछ ।

विद्यार्थीलाई सो सिमले नयाँ सम्भावना तथा अवसरसँगै सहजै जोडिन सहयोग गर्नुका साथै साथीभाइ, परिवारजनसँग सम्पर्कमा सही रहन मद्दत पु¥याउने एनसेलले विश्वास लिएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width