एनसेलको अल नेपाल भ्वाइस प्याक अफर

आदर्श समाज सम्वाददाता
फागुन २५, २०७८
ncell~

काठमाडौं । एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न सक्ने भएका छन् । एनसेल आजियाटाले आकर्षक अल नेपाल भ्वाइस प्याक अफर संचालनमा ल्याएको छ । सो अफरमा प्रिपेड ग्राहकले अब ५१ पैसाप्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्ने जनाइएको छ ।
सो अफरमा विभिन्न ६ भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् । सोमबार २३ देखि संचालनमा आएको अफरअन्तर्गत ग्राहकले करसहित १४ देखि ३ सय ८५ सम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसिमा भएका प्याकबाट फाइदा लिन सक्छन् । यी भ्वाइस प्याकमार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढी शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा लिन सक्छन् ।
ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम करसहित १४ मा लिन सक्छन् भने ३ दिन समयसिमा रहेको ६५ टक टाइम ४५ रुपैयाँमा सुचारु गर्न सक्छन् । ९४ रुपैयाँमा ७ दिन समयसिमा रहेको १ सय ५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ । प्रिपेड ग्राहकले सजिलै एस्ट्रिक्स १७११८ एस्ट्रिक्स ३ ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसारको भ्वाइस प्याक छनोट गरी सुचारु गर्न सक्छन् ।
अलि धेरै समय सीमासहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समय सीमा रहेको २ सय २५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सक्छन् । यसका साथै ग्राहकका लागि २८ दिन समय सीमा रहेको २ अन्य प्याक छन् । जसअन्तर्गत ग्राहकले २ सय ६५ मा ४ सय ७५ मिनेट टक टाइम र ३ सय ८५ रुपैयाँमा ७ सय ५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन् । आफ्नो आवश्यकताअनुसार ग्राहकले यीमध्ये कुनै पनि भ्वाइस प्याक जति पटक पनि सुचारु गर्न सक्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width