पोखरा । एनसेल आजियाटाले चाडपर्व अवसरमा विभिन्न छुट सुविधा दिने भएको छ । दसैं अवसरमा एनसेल ग्राहकका परिवारजन, साथीभाइ र आफन्तले मलेसिया, युएई र साउदी अरबबाट गरेको कलमा कुरा गर्दा हरेक हप्ता २१ वटा स्मार्टफोन जित्ने मौका पाउने भएका छन् ।
एनसेलले घटनास्थापनादेखि लागु हुने गरी यो आकर्षक योजना सञ्चालनमा ल्याउन लागेको जनाएको छ । सो योजनामा धेरैभन्दा धेरै आगमन कलमा कुरा गर्ने २१ जना ग्राहकले १÷१ गरी हरेक हप्ता २१ स्मार्टफोन पाउने छन् ।
यसबाहेक विदेशमा रहेका परिवारजन वा साथीभाइबाट आफ्नो मोबाइलमा ब्यालेन्स रिचार्ज प्राप्त गर्ने ग्राहकले पनि हरेक हप्ता १ स्मार्टफोन पाउन सक्नेछन् । सो योजना कात्तिक २४ सम्म सञ्चालन हुनेछ । यस अवधिमा १ सय १० ग्राहकले स्मार्टफोन पाउने छन् । स्मार्टफोन जित्न योग्य हुन कम्तीमा ग्राहकले माथि उल्लेखित देशबाट कम्तीमा २ मिनेट आगमन कलमा कुरा गरेको हुनु पर्दछ । ब्यालेन्स रिचार्जअन्तर्गत स्मार्टफोन जित्न योग्य हुन ग्राहकले आफ्नो मोबाइलमा विदेशबाट ब्यालेन्स रिचार्ज प्राप्त गरेको हुनु पर्दछ ।
प्रत्येक हप्ता ग्राहकले उठाएको आगमन कलको कुल संख्या, औषत कल समय र कुल कुराकानी गरेको मिनेट आधारमा २१ जना स्मार्टफोन विजयी ग्राहकको नाम छानिने जनाइएको छ । मलेसियाको डिजी, यू मोबाइल, सेलकम र माक्सिस, युएईको एतिसलात र डु र साउदी अरबको जेन मोबाइल सेवा प्रदायकको सिम कार्ड प्रयोगकर्ताका नेपालमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त वा साथीभाइले यो आकर्षक योजनाको लाभ लिन स्मार्टफोन जित्ने मौका पाउने छन् । हरेक हप्ता ग्राहकले प्राप्त गरेको ब्यालेन्स रिचार्जको कुल संख्या र रकम आधारमा १ जना ग्राहकले स्मार्टफोन पाउनेछ ।
यसैबीच विश्वका विभिन्न देशमा रहेका नेपालीमाझ चाडपर्वको शुभकामना आदानप्रदान गर्न र मनोरञ्जनका लागि शुक्रबार साँझ ५ बजे एनसेल फेसबुक लाइभमा भर्चुअल कन्सर्टको आयोजना हुँदैछ । सो कार्यक्रममा गायक प्रकाश सपुत र गायिका सुनिता दुलाल तथा कमेडियन सुमन कार्कीको हस्यकलाले मनोरञ्जन प्रदान गर्नेछन् ।
यस योजनाका विजयी ग्राहकलाई एनसेलको कर्पोरेट कार्यलय एनसेल आइकन, लैनचौर र काठमाडौं बाहिर अवस्थित एनसेल सेन्टरबाट ग्राहकको सुविधा अनुसार स्मार्टफोन हस्तान्तरण गरिनेछ । स्मार्टफोन जित्ने मौकाको साथ साथै एनसेलका ग्राहकले हरेक अन्तर्राष्ट्रिय आगमन कलमा कुरा गर्दा ग्राहकले २० रुपैयाँसम्म बोनस पनि प्राप्त गर्नेछन् । ग्राहकले १७१२६ डायलगरि सजिलै यो सेवा निशुल्क सुचारु गर्न सक्छन् । विदेशबाट आउने कलमा पहिलो २ मिनेटपछि हरेक मिनेट बोनस पाउँछन् ।
यसरी प्राप्त बोनस ३ दिनको लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस पठाउन र इन्टरनेट चलाउन समेत प्रयोग गर्न सक्ने जनाइएको छ ।
Related News
सम्बन्धित समाचार
विद्युतीय सवारीसाधनमा आकर्षण
पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन
साइबर अपराधविरुद्ध सचेतना
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
साइबर सुरक्षासम्बन्धी कार्यशाला
hero news full width
मुख्य समाचार
राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१मजदुरलाई छैन मजदुर दिवस रौनक
वैशाख २०, २०८१गण्डकीमा संविधान भर्सेज सर्वोच्च
वैशाख २०, २०८१पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
वैशाख २०, २०८१