काठमाडौं ।एनसेल आजियाटा (एनसेल) प्रालिले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक योजना ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले युट्युब, टिकटक र फेसबुकको नन्स्टप मजा लिनुका साथै बोनस डेटाको फाइदा लिन सक्नेछन् । कम्पनीले आफ्नो हाल संचालनमा रहेको नन्स्टप युट्युब प्लस अफरमा थप विकल्प प्रदान गर्दै अफरहरु ल्याएको हो ।
‘प्लस’ थिमअन्तर्गत ल्याइएका यी ननस्टप अफरहरु बिहीबार (भदौ १८) देखि संचालनमा आएका छन् । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।
यस आकर्षक योजनामा ग्राहकले आफूलाई मनपर्ने सामाजिक सञ्जालको प्याक सुचारु गरेपछि त्यस प्याकको समयसीमा बाँकी भएसम्म नन्स्टप मजा लिन सक्नेछन् । जस्तै यदि कुनै ग्राहकले ७ दिनको नन्स्टप टिकटक प्याक १ सय (करसहित १ सय २७.६९) मा सुचारु गरेमा ग्राहकले एक हप्ताभरी टिकटकको नन्स्टप मजा लिन सक्नेछन् । यति मात्र नभई, यो प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ४ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्नेछन् ।
युट्युबमा रहेका सामग्रीहरु मात्र हेर्न रुचाउने ग्राहकका लागि नन्स्टप युट्युब प्याक पनि रहेको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार मात्र २५ (करसहित ३१.९२) रुपैयाँमा १ दिनको समयसिमा रहेको यो प्याक सुचारु गर्न सक्छन् । त्यस्तै ग्राहकले ४ जीबी बोनस डेटा सहितको ७ दिनको समयसिमा रहेको युट्युब वा फेसबुकको कम्बो प्याक मात्र १ सय ५० (करसहित १ सय ९१.५४) मा सुचारु गर्न सक्छन् । साथै ग्राहकले ३० दिनको समयावधि रहेको ६ जीबी बोनस डेटा सहितको नन्स्टप युट्युब प्याक ३ सय ६० (करसहित ४ सय ५९.६८) मा खरिद गर्न सक्छन् । बोनस डेटा ग्राहकले अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्न सक्छन् ।
यस्तै, ७ दिन वा ३० दिनको नन्स्टप प्याक खरिद गर्नेे ग्राहकका लागि विषेश थप योजना पनि रहेको छ । ग्राहकले उल्लेखित नन्स्टप प्याक सुचारु गरे पछि हरेक दिन ५ सय एमबीको दरले ७ दिनसम्म मात्र २० (करसहित मात्र २५.५४) मा ३ हजार ५ सय एमबि थप डेटाको लिन सक्नेछन् । उक्त डेटा ग्राहकले फेसबुक, टिकटक वा युट्युब चलाउनको लागि प्रयोग गर्न सक्छन् ।
एनसेलका फोरजी ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स
१ह्यास डायल गरी नन्स्टप अफरको लागि प्राप्त निर्देशनअनुसार मनपर्ने प्याक सजिलै सुचारु गर्न सक्छन् । ग्राहकले एनसेल एप तथा डिजिटल बालेट सेवा प्रदायक खल्ती, युनिपे, इसेवा वा प्रभु–पेमार्फत पनि आफ्नो मनपर्ने प्याक सुचारु गर्न सक्नेछन् ।
एनसेल आजियाटाका चीफ कमर्ससियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकका लागि उनीहरुले मन पराउने सामाजिक सञ्जालमा सहजै पहुँच सुनिश्चित गराउन यी आकर्षक प्याक ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको बताए । “सुलभ शुल्कमा आफ्नो प्राथमिकतामा रहेको सामाजिक सञ्जाल नन्स्टप प्रयोग गर्न पाइने र साथै इन्टरनेटमा अन्य सामाग्री हेर्न पनि थप ४ जीबी डेटा बोनस पाइने सुविधाले ग्राहकहरुमाझ ठूलो महत्व राख्ने कुरामा हामी विश्वस्त छौं,” श्रीवास्तवले भने ।
आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत नै रही एनसेल आजियाटाले वायरफ्री प्लस वाइफाइ, आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ननस्टप युट्युब प्लसका साथै एण्डलेस कुराकानी प्लस, नयाँ सजिलो सिम र अल्ट्रा वाइफाइ सिम प्लस योजनाहरु ल्याइसकेको जनाएको छ ।
Related News
सम्बन्धित समाचार
एनपिएलसँग एनसेलको प्रायोजन सम्झौता
पुरुषोत्तम क्यान अध्यक्ष
क्यान कास्की अध्यक्षमा पुरुषोत्तम कुँवर
इन्ड्राइभ योरपेस प्रशिक्षणका विजेतालाई इ–स्कुटर
एनसेलले दियो पलेशालाई १० लाख
hero news full width
मुख्य समाचार
रवि लामिछाने चितवनबाट पनि धरौटीमा रिहा
काँग्रेस सभापतिहरुको पोखरा भेला : संविधान संशोधनमा जोड, पन्ध्रौं महाधिवेशनको चिन्ता
माघ २४, २०८१काटिएका रुखका मुढा जफत
माघ २४, २०८१‘प्रदेशलाई औचित्य पुष्टि गर्नै सकस’
माघ २३, २०८१पोखराबाट देउवाले गरे ओलीको प्रशंसा
माघ २२, २०८१गण्डकी प्रदेश स्थापनाको ७ वर्ष: घट्दो आम्दानी, बढ्दो आकांक्षा
माघ २२, २०८१