लायन्स पिस सिभिकको चार्टड नाईट सम्पन्न

आदर्श समाज सम्वाददाता
श्रावण ८, २०७७
news photo

पोखरा, ८ साउन । लायन्स क्लब अफ पोखरा पिस सिभिकले पाँचौ वर्ष पुरा गरी छैटौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा चार्टड नाईट सम्पन्न गरेको छ ।

कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका डिष्ट्रिक्ट गर्भनर मनबहादुर रोकाले उद्घाटन गर्दै लायन्स क्लबमा आवद्ध भई समाज सेवामा लाग्नु चुनौतिपूर्ण कार्य भएको बताए ।
त्यसै गरी एफडब्लुसी मल्टिपल कोअर्डिनेटर दीपक श्रेष्ठ, डिस्ट्रिक्क ३२५ वि १ का प्रथम उपाध्यक्ष विश्वेश्वर आचार्य, द्धितीय उपाध्यक्ष महेन्द्र पौडेल, क्याविनेट सेक्रेटरी सूर्यबहादुर केसी, क्याविनेट टेजरर उदय कुमार नेपाल, पिआरओ इन्चीफ रामबहादुर वसेल, डिष्ट्रीक्ट को–चिफ एड्भाईजर विनोद ढुंगाना, क्लरष्टर २५ का चिफ पवित्रराज तिवारी, रिजन ५० का विष्णु ढुंगाना, जोन १०० का चियर पर्सन बुद्धिनाथ बराल, क्लबका पूर्व अध्यक्ष थानेश्वर तिवारी, वृक्षरोपण कार्यक्रमका संयोजक विक्रम थापा, कोषाध्यक्ष मित्रवन्धु बराल, निवर्तमान अध्यक्ष तथा जिएमटी संयोजक युवराज खनाल, लायन्स क्लब अफ पोखरा हेरिटेजका अध्यक्ष ओम उपाध्याय, मातृ क्लब पिस चौतारीका अध्यक्ष प्रेमप्रसाद दहाललगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सो अवसरमा यस वर्ष क्लबमा प्रवेश गर्ने राजकुमार महत, मनमोहन अधिकारी, अनु पराजुली र सुरेन्द्र सुनारलाई खादा लगाएर क्लबका अध्यक्ष किरण ढकालले स्वागत गरेका थिए । स्थापना दिवसको पूर्व सन्ध्यामा पोखरा १० रामबजारमा रहेको कालिका मावि परिसरमा अघिल्लो वर्ष लगाएका वृक्षहरुको गोडमेल गर्दै संरक्षण गरिएको मिडिया संयोजक तृतीय उपाध्यक्ष रेशम खड्काले बताए ।

क्लबका अध्यक्ष किरण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थापक अध्यक्ष पवित्रराज तिवारीले, कार्यक्रम संयोजक एवम् प्रथम उपाध्यक्ष रामकृष्ण तिवारीले धन्यवाद ज्ञापन र संचालन सचिव विकास प्रसाद कँडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • ‘कोल्ड स्टोरको आलु कुहियो, क्षतिपूर्ति कसले दिने ?’

    आदर्श समाज सम्वाददाता मंसिर ८, २०८१
    पोखरा । व्यावसायिक किसान छविलाल श्रेष्ठले अघिल्लो वर्ष बारीमा फलेको आलु पालिकाकै कोल्ड स्टोरमा राखे । खेत खनजोत गरेर कोल्ड…
  • खर्च जुटाउँदै पोखरामा राउटे

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । राउटे समुदाय पहिला काठका सामग्री बेचेर गुजारा चलाउँथे । अहिले ती खासै बिक्री हुँदैनन् । परम्परागत पेसा संकटमा…
  • एयरपोर्ट चलाउन पोखरेलीको हारगुहार

    आदर्श समाज सम्वाददाता मंसिर ७, २०८१
    पोखरा । २ वर्षअघि उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रुपमा अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । आन्तरिक उडानमा सीमित…
  • चण्डिडाँडाका विद्यार्थीलाई पोशाक वितरण

    आदर्श समाज सम्वाददाता असार १९, २०८१
    पोखरा । लायन्स क्लब पोखरा अन्नपूर्ण आयोजनामा रनिमेड कजेल युकेका विद्यार्थी सहयोगमा चण्डीडाँडा माविका ८० जना विद्यार्थीलाई ट्रयाक सुट, टिसर्ट…
  • सेन्ट्रल गार्डनको अन्तर्क्रिया

    आदर्श समाज सम्वाददाता जेठ ४, २०८१
    पोखरा । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले एसइई विद्यार्थीसँग अन्तत्र्रिmया गरेको छ । ‘पढाऔं अभियान’ अन्तर्गत १२ वैशाखदेखि सञ्चालित…

hero news full width