पहिरोले लमजुङमा २० घर पुरियो

आदर्श समाज सम्वाददाता
श्रावण ७, २०७७

पोखरा ७, साउन । लमजुङमा पहिरोका कारण २० घर पुरिएको छ । लमजुङको मस्र्याङदी गाउँपालिका ३ पल्लोटारीमा बस्ती माथिबाट झरेको पहिरोले घर पुरेको हो ।

घर पुरिएपनि मानवीय क्षति भने भएको छैन ।

पहिरोमा परेर ३ जना घाईते भएको र उनीहरुको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । सुरक्षाकर्मीको टोली घटनास्थल तर्फ गैरहेको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width