प्रविधिमैत्री शिक्षक समाज, कास्कीको अनलाइन तालिम सुरु

आदर्श समाज सम्वाददाता
जेठ १३, २०७७
stft kaski

पोखरा । प्रविधिमैत्री शिक्षक समाज, मङ्गलबारदेखि शिक्षकहरुका लागि अनलाइन तालिम सुरु गरेको छ ।

अध्यक्ष सकुन्तला सोतीको अध्यक्षतामा भएको शिक्षण सिकाइमा प्रविधिको प्रयोग विषयक अनलाइन कार्यशालाको पहिलो दिन जिल्ला समितिका सदस्य रुपिन्द्र प्रभावीले इमेल र इन्टरनेटका आधारभूत विषयमा सहजीकरण गरेका थिए । उनले इन्टरनेटको परिचय, डाउनलोड, इमेल र यसका कार्यहरुका विषयमा जानकारी दिएका थिए ।

प्रविधिमैत्री शिक्षक समाजका केन्द्रीय अध्यक्ष भूपति बस्यालको प्रमुख आतिथ्यमा भएको उद्घाटन कार्यक्रममा केन्द्रीय महासचिव देवीप्रसाद शर्माले समाजलाई संस्थागत बनाउनका लागि मात्र नभई नेपालभरका शिक्षकहरुलाई प्रविधिमैत्री शैक्षणिक क्रियाकलाप सञ्चालन गर्न सक्षम बनाउनका लागि केन्द्र, प्रदेश हुँदै हाल जिल्ला तहमा तालिमहरु सञ्चालन गरिएको जानकारी दिए ।

गण्डकी प्रदेशका अध्यक्ष श्रीकान्त पौडेलले गण्डकी प्रदेशका जिल्लाहरुले उत्कृष्ट प्रस्तुति दिइरहेको भन्दै यो कुनै विशेष व्यक्ति वा संस्थाको मात्रै हितमा नभई सिङ्गो नेपालको शैक्षिक क्षेत्रका लागि महत्त्वपूर्ण अभियान भएकोमा जोड दिए । प्राविधिक समितिका संयोजक विक्रम चापागाईँको संयोजनमा ६० भन्दा बढी शिक्षकरशिक्षिकाको सहभागिता रहेको तालिमको उद्घाटन सत्रको सञ्चालन प्राविधिक समितिका सदस्य वृहस्तपि लम्सालले गरेका थिए ।

उक्त कार्यशाला १० दिनसम्म सञ्चालन हुने अध्यक्ष सकुन्तला सोतीले जानकारी दिइन् । समाजको गण्डकी प्रदेश समितिले हालै मात्र ४० दिने अनलाइन तालिम समापन गरेपछि गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा अनलाइन तालिम सञ्चालन भइरहेका छन् ।

Related News

सम्बन्धित समाचार

  • सवारी यात्रु एप सार्वजनिक

    आदर्श समाज सम्वाददाता भाद्र २८, २०७९
    गैंडाकोट । जि एन्ड जि ग्रुप प्रालिले पत्रकार सम्मेलनमार्फत् यात्रु ओसारपसारका लागि सहयोगी सवारी एप सार्वजनिक गरेको छ । सोमबार…
  • शाओमीको रेड्मी १०ए स्मार्टफोन बजारमा

    आदर्श समाज सम्वाददाता श्रावण १९, २०७९
    पोखरा । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ । किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो…
  • बेकोको इन्भटर एअर कन्डिसनर बजारमा

    आदर्श समाज सम्वाददाता असार २९, २०७९
    पोखरा । चौधरी ग्रुपअन्तर्गत सिजी इलेक्ट्रोनिक्सले युरोपियन इलेक्ट्रोनिक्स ब्रान्ड बेकोको अत्याधुनिक फिचर्ससहितको कम बिजुली खाने इन्भटर एअर कन्डिसनर सार्वजनिक गरेको…
  • इक्यान फेयर आयोजक समिति गठन

    आदर्श समाज सम्वाददाता असार ११, २०७९
    पोखरा । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले असारको अन्तिम साता ‘सातौं इक्यान कास्की एजुकेसनल फेयर’ आयोजना गर्ने भएको छ…
  • एनसेलको अनलिमिटेड डेटा अफर

    आदर्श समाज सम्वाददाता जेठ १९, २०७९
    काठमाडौं । एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ । जसअन्तर्गत एनसेलका ग्राहकले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस…

hero news full width