आइसीसी एक दिवसीय श्रृंखला खेल्ने नेपाली टोलीको घोषणा

आदर्श समाज सम्वाददाता
माघ ११, २०७६
Nepali Cricket Team

पोखरा । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय श्रृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक श्रंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

हाल पोखरामा बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा कप्तान मल्लसहित दीपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अभिनाष बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहितकुमार पौडेल, शरद भेषवाकर र ललित राजवंशी छनोटमा परेका छन् ।

यसअघि, १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट खेलिसकेका तीव्र गतिका बलर कमलसिंह ऐरी पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । त्यसैगरी, वैकल्पिकतर्फ पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा र किशोर महतो छन् । माघको २२ गतेदेखि २९ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा त्रिकोणात्मक खेल हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • वाराही माविका खेलाडीलाई क्रिकेट ड्रेस

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । मालेपाटनस्थित वाराही माध्यमिक विद्यालयमा जगदम्बा प्रतिष्ठानका अध्यक्ष केशवप्रसाद अधिकारीले क्रिकेट ड्रेस सहयोग गरेका छन् । अधिकारीले विद्यालयका क्रिकेट…
  • चौथो संस्करणको अन्नपूर्ण म्याराथन जेठ २१ मा

    आदर्श समाज सम्वाददाता जेठ ७, २०८१
    पोखरा । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ वि.सं. २०७५ सालदेखि सुरू गरिएको अन्नपूर्ण म्याराथनको तयारी तिव्र पारिएको…
  • वडास्तरीय बुद्धिचालमा एकराज प्रथम

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । पोखरा महानगर पालिका वडा नम्बर ६ स्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि एकराज अधिकारीले जितेका छन् । शनिबार भएको प्रतियोगितामा…
  • फिस्टेल एसइई कपमा पहिलो दिन १६ खेल

    आदर्श समाज सम्वाददाता जेठ ६, २०८१
    पोखरा । फिस्टेल एकेडेमी माविद्वारा आयोजित ‘फिस्टेल एसइई कप २०८१’ को औपचारिक उद्घाटनपूर्व नै १६ खेल सम्पन्न भएका छन् ।…
  • जिभिपी युके लण्डनले जित्यो क्लबस्तरीय भलिबल उपाधि

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको क्लबस्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि जिभिपी युके लण्डनले जितेको छ ।…

hero news full width