पोखरा । पोखराको ला–ग्रान्डी इन्टरनेसनल कलेजले पोखरा विश्वविद्यालय (पोवि) बाट दीक्षित १ सय १२ जना विद्यार्थीलाई बधाई तथा शुभकामनासहित उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।
सन् २०१८ व्याचका विद्यार्थीमध्ये पोविको नतिजामा ३.७ सिजिपिएदेखि माथि प्राप्त गरी डिन लिस्टमा पर्न सफल बिसिएतर्फ आस्था श्रेष्ठ, सीम्रन शिल्पकार र सपना बानिया नगदसहित अवार्ड प्राप्त गरे ।
यसैगरी, बिबिएतर्फ सञ्जीला धरेल, प्रतीक्षा सुवेदी, आशीष भण्डारी, कशीस गुरुङ र रोशन पुन, बिपिएचतर्फ कामना केसी, नीशा पालिखे र वीनिता लामिछानेले समेत नगदसहित अवार्ड प्राप्त गरे ।
कार्यक्रममा बिसिए आस्था श्रेष्ठ र सीम्रन सिल्पकारलाई सर्वोत्कृष्ट नतिजा ल्याएकोमा ला–ग्राण्डी एक्सिलेन्स अवार्ड प्रदान गरियो ।
कार्यक्रममा कलेजका प्रिन्सिपल इ. किरण केसी, पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकाय डिन प्राध्यापक राजेशकुमार ठगुराठी र प्रतिभा स्कुलका प्राचार्य किरण सापकोटाले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे ।
सो अवसरमा विद्यार्थी सञ्जीला धरेल, आस्था श्रेष्ठ र कामना केसीले आफ्ना अनुभव सुनाएका थिए भने कलेजका सिस्टम इड्मिनिस्ट्रेटर इ. मनोज गिरीले कार्यक्रमको सहजीकरण गरेका थिए ।
आइएसओबाट मान्यताप्राप्त ला–ग्रान्डीमा बिसिए, बिबिए र बिपिएच विधाका कार्यक्रम सञ्चालनमा छन् ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
hero news full width
मुख्य समाचार
कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
वैशाख ३१, २०८१जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
वैशाख ३०, २०८१चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
वैशाख ३०, २०८१मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
वैशाख ३०, २०८१