पोखरा । पोखरा–९, नयाँबजारस्थित नवप्रभात माध्यमिक विद्यालयको ५५ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह शनिबार सम्पन्न भयो । समारोह उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले आवश्यक परेको खण्डमा विद्यालयलाई सहयोग गर्न आफू तयार रहेको स्पष्ट पार्दै सबै मिली शैक्षिक गुणस्तर वृद्धि गर्न लाग्नुपर्ने जनाए । उनले विद्यालयको शैक्षिक एवं आर्थिक विकासका लागि ५१ हजारको अक्षयकोष घोषणा पनि गरे ।
वडाध्यक्ष दीपेन्द्र मर्सानीले गुणस्तरीय शिक्षाको पक्षमा वडा दृढ रहेको सुनाउँदै सामुदायिक विद्यालयको हक हितमा महानगर लागि परेको औंल्याए ।
पोखरा महानगर शिक्षा महाशाखा अधिकृत जीवनप्रसाद रेग्मीले नवप्रभातको शैक्षिक वातावरण राम्रो रहेको उल्लेख गर्दै आगामी वर्षमा विद्यालयमा विकास निर्माणका योजना सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमबीच जनप्रतिनिधि लक्ष्मी पहारीले २५ हजार ५ सय ५५, शुभचिन्तकद्वय मित्रलाल पौडेलले १० हजार ५ तथा भीम न्यौपानेले १३ हजार ५ सय ५० को अक्षयकोष स्थापना गरे ।
प्रधानाध्यापक मायाकुमारी थापाले विद्यालयको समग्र अवस्थाबारे प्रकाश पार्दै अभिभावक शिक्षा वृद्धिलगायत १ शिक्षक १ ल्यापटप कार्यक्रम सञ्चालनको तयारी गर्नुपर्ने बताइन् । उनले नवीनतम शैक्षिक प्रविधिमा जोड दिँदै अक्षयकोषदाता वृद्धि गर्ने, प्रतीक्षालय निर्माण गर्नुपर्नेलगायत भावी योजनाहरू सुनाइन् ।
त्यस अवसरमा शैक्षिक एवं अतिरिक्त क्रियाकलापतर्फका पुरस्कारहरू वितरण गरियो । एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी लगायत १० अक्षयकोषदातालाई सम्मानसमेत गरियो । त्यस्तै विद्यार्थीलगायत शिक्षकले विभिन्न प्रस्तुति राखे ।
तहगतरुपमा शिक्षकहरू गौरीसरा गुरुङ (१–५), ढाकामोहन बराल (६–८), श्रवणकुमार शर्मा (९–१०) एवं विनप्रसाद पौडेल (११–१२) उत्कृष्ट घोषित हुँदै पुरस्कृत भए । विद्यालय अध्यक्ष प्रीति पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा सहायक प्रधानाध्यापक ढाकामोहन बरालले स्वागत तथा शिक्षक विनप्रसाद पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।
कक्षा १२ सम्म संचालित विद्यालयमा हाल कुल ३ सय ७ विद्यार्थी अध्ययरत छन् ।जसअन्र्तगत कक्षा ११, १२ तर्फ कानुन एवम् व्यवस्थापन विषयको पठनपाठन हुने गर्दछ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
hero news full width
मुख्य समाचार
कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
वैशाख ३१, २०८१जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
वैशाख ३०, २०८१चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
वैशाख ३०, २०८१मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
वैशाख ३०, २०८१