४१ औं जुनियर युवा गोष्ठीमा संयोजक भेला

आदर्श समाज सम्वाददाता
पौष ९, २०८०
redcross

पोखरा । नेपाल रेडक्रस सोसाइटी केन्द्रको आयोजना तथा कास्की शाखाको व्यवस्थापनमा शिवशक्ति मावि फूलबारीमा ४१ औं जुनियर युवा गोष्ठीका अवसरमा देशभरिका जुनियर युवा समिति संयोजकहरूको भेला भएको छ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालको प्रमुख आतिथ्यतामा भएको भेलामा केन्द्रीय उपकोषाध्यक्ष डोलराज पाण्डे, जुनियर युवा समिति संयोजक विष्णु नेपाल, केन्द्रीय संगठन विकास समिति संयोजक नारायण तिमिल्सिना, केन्द्रीय सदस्यहरू हरि पौडेल, प्राडा कृष्णप्रसाद गौतम, नेरेको कास्की शाखाका सभापति डण्डराज शर्मासहित कार्य समितिका पदाधिकारी एवं सदस्यहरू सहभागी थिए ।

केन्द्रीय विभागका प्रमुख धर्मदत्त बिडारीसहितको विशेष उपस्थिति थियो । भेलामा जिल्लाका समस्याहरू केके हुन् भन्नेबारे छलफल भएको थियो ।

नेरेसो कास्की शाखाका संयोजक रमेशराज भण्डारीले सञ्चालन गरेको कार्यक्रम कास्की शाखाका सभापति डण्डराज शर्माले धन्यवादसहित समापन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width