पोखरा । आइएनएफ नेपाल यस वर्षको एल्स क्रोनेर फ्रेसेनियस अवार्ड फर डेभलपमेन्ट कोअपरेसन इन मेडिसिन २०२३ प्राप्त गर्न सफल भएको छ ।
जर्मनीस्थित इ.के.एफ.एस. नामक संस्थाले विश्वभरका ३५ भन्दा बढी संघसंस्थामध्येबाट आइएनएफ नेपाललाई स्वास्थ्य क्षेत्रमा त्यसमा पनि विशेषगरेर कुष्ठरोगको उपचार तथा निराकरणमा ७० वर्षभन्दा बढी समयदेखि अनवरत रुपमा पुर्याउँदै आएको योगदानको उच्च मूल्यांकन गर्दै सो अवर्डा प्रदान गरेको हो ।
सो अवार्ड आइएनएफ नेपाल हरियोखर्क अस्पताल तथा पुनस्र्थापना केन्द्रका कर्मचारी दोरोथीदास परियार र थमबहादुर गुरुङलाई हस्तान्तरण गरिएको थियो । पुरस्कारको राशि १ लाख यूरो छ ।
जर्मनीको राजधानी बर्लिनमा भर्खरै सम्पन्न समारोहमा पुरस्कार ग्रहणका लागि संस्थाको तर्पmबाट कार्यकारी निर्देशक कृष्ण अधिकारी र मेडिकल सर्भिसेज डाइरेक्टर डा. अरुणकुमार बुढा पनि सरिक भएका थिए ।
कार्यकारी निर्देशकले यस सम्मानले आईएनएफलाई कुष्ठरोगको रोकथाम, शीघ्र पहिचान, उपचार तथा रोग न्यूनीकरणमा थप हौसला मिलेको उल्लेख गरे ।
कार्यक्रममा जर्मन आर्थिक सहयोग तथा विकास संघीय मन्त्रालयका संसदीय राज्य सचिव माननीय डा. बार्बेल कोफ्लर, जर्मनीस्थित नेपाली राजदूत रामकाजी खड्का, इ.के.एफ.एस.र टेराटेकका बोर्ड पदाधिकारी तथा कर्मचारी, प्राडा गिसेला ब्रिट्जेल, प्राडा भगवान् कोइराला साथै अन्य अन्तर्राष्ट्रिय तथा नेपाली लब्धप्रतिष्ठित व्यक्तिको समेत उपस्थिति थियो ।
आइएएनफ २००९ सालदेखि नेपालमा कार्यरत छ ।
Related News
सम्बन्धित समाचार
राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत
लोकतान्त्रिक आन्दोलनका जिउँदा सहिद खगेन्द्र सर
वर्ष दिन नपुग्दै सरुवा भए गण्डकीका अर्थसचिव रिज्याल, पुरुषोत्तम शर्मा आउने
मन्त्रीपरिषदबाट १६ औँ पञ्चवर्षीय योजना पारित
गर्मीले भकाभक कुखुरा मर्दा मासु अचाक्ली महँगो
hero news full width
मुख्य समाचार
कांग्रेस नेता खगेन्द्रराज रेग्मीको निधन
पहिले छाती नाप्न गल्ला आउँथे, अहिले एजेन्ट
वैशाख ३१, २०८१जग्गाधनीले रोके रुपाताल परियोजनाको काम
वैशाख ३०, २०८१चेक बाउन्सको समस्याले व्यवसायी र प्रहरीलाई हैरान
वैशाख ३०, २०८१मातहतका कार्यालयको दैनिक प्रगति पेस गर्न मुख्यमन्त्री अधिकारीको निर्देशन
वैशाख ३०, २०८१नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा
वैशाख ३०, २०८१