लेडी जेसिजमा सपना

आदर्श समाज सम्वाददाता
मंसिर २, २०७६
PIC (2)

पोखरा, २ कात्तिक । पोखरा लेडी जेसिजको २६ औं शाखा अधिवेशन तथा ३१ औ साधारण सभा सम्पन्न भएको छ ।

पोखरा लेडी जेसिज वर्ष २०१९ का अध्यक्ष जेसी सपना गिरीको सभाध्यक्षतामा भएको सो अधिवेशनबाट वर्ष २०२० का लागि अध्यक्ष पदमा जेसी शोभा भुजेल र्निबिरोध निर्बाचित भएकी छन् ।

यसैगरी कार्यकारिणी उपाध्यक्षमा जेसी अनिता थापा, उपाध्यक्ष पदमा जेसी सुनिता भुजेल, सपना गिरी, सम्झना बस्नेत, प्रमिला सुबेदी र निर्देशक पदमा जेसी शुभद्रा बराल, रिना पौडेल, चन्द्रा राना भुजेल र सुजाता सापकोटा निर्बाचित भएका छन् । कार्यसमितिका अन्य पद नव निर्बाचित अध्यक्षबाट मनोनित हने छन् ।

गण्डकी प्रदेश सामाजिक बिकास मन्त्री नरदेबी पुनले नेपाली समाजमा महिलालाई हर्ने दृष्टीकोणमा अझै पनि सकारात्मक परिवर्तनको आवश्यकता रहेको बताइन् । नेपाल जेसिजको तर्फबाट क्षेत्र ख निरुपित कार्यकारीणी उपाध्यक्ष जेसी रमेश चन्द भुषाल, कोषाध्यक्ष जेसी सुजन श्रेष्ठ, एरिया बि तालिम आयुक्त जेसी सिब सुबेदी , बोर्ड सल्लाहकार जेसी सन्तु पौडेलकाा साथै पोखरा उद्योग बाणिज्य संघका महा सचिव चिनु गुरुङ, पोखरा लेडी जेसिजका पूर्व अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम भएको…
  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ५, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…
  • सुरु भयो लेडी जेसीज सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताएका छन् ।…
  • पोखरा लेडी जेसीजको सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८१
    पोखरा । पोखरा लेडी जेसीजले यस वर्ष पनि जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । यस वर्ष ‘लंैगिक समानता, समावेशी,…
  • बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    म्याग्दी । महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन…

hero news full width