पोखरा, ९ भदौ । पोखराको सामाजिक क्षेत्रमा विशेष गरी सफाइ अभियानमा निकै सक्रिय रहेको खहरे आमा समूहले जेष्ठ आमाहरुलाई सम्मान गरेको छ । हरितालिका तीजको अवसरमा ७० वर्ष उमेर समूह माथिका ७ जना जेष्ठ आमाहरुलाई सम्मान गरेर तीज मनाएको हो ।
सम्मानित हुनेहरुमा रमा थापा, मंगली जलारी, चन्द्रकला पहारी, मैया थापा, शोभाकला पहारी र लक्ष्मी पोख्रेल, नानीमाया सिग्देल छन् । उनीहरुलाई समूहका अध्यक्ष मैया थापाले दोसल्ला ओढाएर सम्मान गरेकी थिइन् ।
“तीज मान्ने र मनाउने सोच र प्रवृत्ति निकै फरक आएको छ । पर्वलाई सामाजिक क्षेत्रसँग जोडेर मनाउन सक्नर्पछ” समुहका अध्यक्ष मैया थापाले भनिन् । जेष्ठ आमाहरुका मौलिक तीजे गीत र उनीहरुका अनुभवबाट पछिल्लो पुस्ताले धेरै कुरा सक्ने उनको भनाइ थियो ।
सम्मानित आमा मंगल जलारीले “आफ्नो पालामा दुख गरेर पनि पेटभरी खान पाइदैनथ्यो, कोही कसैसँग बोल्न पनि आँट नआउने त्यो जमाना अहिले निकै फेरिएको छ ।” सबैले सुख शान्तिले बाँच्न पाउनु पर्छ भन्ने आफ्नो चाहाना रहेको जलारीले बताइन् ।
कार्यक्रम खहरे टोल विकास संस्थाका अध्यक्ष खिमलाल पहारी , उपाध्यक्ष गणेश पहारी, कानूनी सल्लाहकार सूर्यप्रसाद तिमिल्सिना, राधादेवी पहारी, मनु अधिकारी, समुहका उपाध्यक्ष सावित्री तिमिल्सिना र सचिव पम्फा थापाले पर्वको महत्व र महिमाको बारेमा प्रकाश पार्दै पर्वलाई रचनात्मक र सकारात्मक उन्मुख बनाएर एक अर्काप्रतिको आत्मीयतालाई बढाएर जानु पर्ने बताएका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरा महानगरको अनियमिताप्रति राप्रपाको ध्यानाकर्षण
पोखरामा छठ पर्वको तयारी पूरा
सकियो सडक महोत्सव
याे वर्ष टुर दी पोखरा नहुने
‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत
hero news full width
मुख्य समाचार
रेवान पोखरामा विश्वराज
कर्जा विस्तार हुनेगरी मौद्रिक नीति ल्यायौंः गभर्नर अधिकारी
श्रावण ११, २०८१गायक तथा गीतकार एलपी जोशी रहेनन्
श्रावण ११, २०८१आज मौद्रिक नीति सार्वजनिक हुँदै
श्रावण ११, २०८१पोखराको गन्नीलाई रनिङ सिल्ड
श्रावण १०, २०८१लीलादेवी बनिन् पहिलो महिला मुख्यसचिव
श्रावण १०, २०८१