ढिकुरपोखरी तीजमेलाको तयारी तीव

आदर्श समाज सम्वाददाता
श्रावण २९, २०७६
Teej-dance

हेमजा, २९ साउन ।अन्नपूर्ण गाउँपालिकाको ढिकुरपोखरीमा यस वर्ष हुने तीजमेलाको तयारी तीव्र पारिएको छ ।

स्थानीय ढिकुरपोखरी युवा संजालको आयोजनामा यही भदौं १३ गतेदेखि १७ गतेसम्म माछापुच्छे« माविको खेलमैदानमा मेला हुने छ । मेला अन्र्तगत ११ ए साइड खुल्ला नकआउट फुटवल प्रतियोगिता, तीजगीत प्रतियोगिता, घैटो फुटाउने, रस्साकसी, छेलो हान्ने लगायतका प्रतियोगिता गरिने भएको छ ।त्यस्तै सांस्कृतिक कार्यक्रम, समाजसेवीलाई सम्मान तथा बाल उद्यान पनि रहेको संजालले जनाएको छ।

मेलाको तयारी अन्र्तगत यतिवेला सहयोग उठाउने कार्य तथा पत्राचारलाई तीव्रता दिइएको संयोजक विकास गुरुङले जानकारी दिए ।सहयोग अन्र्तगत अन्नपूर्ण १ निवासी श्रेष्ठ ब्रदर्शका संचालक तथा वडा सदस्य नवराज श्रेष्ठले फुटलवको प्रथम पुरस्कार.एक लाख २१ हजार एक सय २१ सहयोग गरेका छन् ।त्यस्तै सक्किल गुरुङ, सर्भिन पुन, मनकाजी हिराचन, टेकबहादुर परियार लगायतबाट पनि सहयोग प्राप्त भएको र अन्यबाट प्राप्त हुने क्रम जारी रहेको बताइएको छ ।

फुटबलतर्फ दोस्रो पुरस्कार रु.६६ हजार ६ सय ६६ तोकिएको छ ।मेला सम्पन्न गर्न विकास गुरुङको संयोजकत्वमा सचिवालय समिति पनि गठन गरिएको छ ।जसका सदस्यहरुमा संजाल अध्यक्ष सुशील भट्टचन, महासचिव दिलबहादुर जिसी, राजकुमार गुरुङ, युवराज गुरुङ, उद्ववराज सुवेदी, विष्णुहरि भुगाई, नवीन गुरुङ, सन्तोष गौचन, रामकुमार श्रेष्ठ र सरोज पौडेल छन्।

मेला अन्र्तगत फुटबलतर्फ १६ समूहको सहभागिता रहने र मेला सम्पन्न गर्न कूल १५ लाख खर्च लाग्ने अनुमान पनि गरिएको छ ।त्यस्तै अन्य प्रतियोगिताहरुको तयारी पनि अगाडि बढाइएको प्रचारप्रसार संयोजक श्रीभद्र पौडेलले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • पोखरा महानगरको अनियमिताप्रति राप्रपाको ध्यानाकर्षण

    आदर्श समाज सम्वाददाता असार १२, २०८१
    पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले पोखरा महानगरपालिका, नगरकार्यपालिकाको कार्यालयमा अनियमितता र बेथिति मौलाउँदै गएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको…
  • पोखरामा छठ पर्वको तयारी पूरा

    आदर्श समाज सम्वाददाता कार्तिक ११, २०७९
    पोखरा, ११ कात्तिक : पोखरामा छठ भव्य रुपमा मनाउन सम्पूर्ण तयारी पूरा भएको छठ पर्व पूजा समितिले शुक्रबार पत्रकार सम्मेलन…
  • सकियो सडक महोत्सव

    आदर्श समाज सम्वाददाता पौष १७, २०७७
    पोखरा । कोभिड–१९ जोखिमबीच आयोजित २२ औं पोखरा सडक महोत्सव अपेक्षाभन्दा बढी सफल भएको आयोजकको दाबी छ । फेवाताल किनारमा…
  • याे वर्ष टुर दी पोखरा नहुने

    आदर्श समाज संवाददाता पौष १०, २०७७
    पोखरा । साइकल सिटी पोखराले बर्सेनि गर्दै आएको टुर दी पोखरा यो वर्ष नहुने भएको छ । कोरोनाका कारण भीडभाड…
  • ‘सहायक श्रीमान्’ रुसमा पुरस्कृत   

    रासस भाद्र १४, २०७७
    काठमाडौँ, १४ भदौ । नेपालको बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान्’ ले रुसमा ‘ग्राण्ड प्रिक्स अवार्ड’ पुरस्कार पाएको छ।…

hero news full width