रेडक्रसको छ लाख सहयोग

आदर्श समाज सम्वाददाता
असार ६, २०७६
Apanga.jpg 1

लमजुङ, ६ असार । लमजुङमा नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखाले जिल्लाका अपाङ्ग जीवन यापन गरिरहेकाहरूको आय आर्जनका लागि छ लाख सहयोग गरेको छ । दोदी गाउँपालिकामा रहेका तीन सय दुई जनालाई जनही २० हजारका दरले रकम वितरण गरेको हो ।

रेडक्रसको जिल्ला शाखाले दोर्दी गाउँपालिकाको छ वटा वटा वडामा रहेको तीन सय दुई अपाङ्गलाई त्यस्तो रकम वितरण गरेको शाखाका अध्यक्ष दिपक बरालले बताए । उनका अनुसार ती वडामा रहेका अपाङ्गको सशक्तिकरणका लागि टोलटोलमा स्वावलम्बन समूह गठन गर्न लगाई ती समूहले छनौट गरेका र तत्कालीन जिल्ला विकास समितिले गरीब भनेर पहिचान गरेको सूचिभित्र परेका व्यक्तिलाई उक्त रकम सहयोग गरिएको हो । उक्त रकम डेनिस रेडक्रसबाट नेपाल रेडक्रसको केन्द्रीय समिति मार्फत प्राप्त भएको बरालले बताए ।

एउटा स्वालम्बन समूहमा कम्तिमा १५ जना र बढीमा ३६ जनासम्म रहेका छन् । त्यो समूहले सिफारिस गरेका व्यक्तिहरूले आयआर्जनका लागि आफूले इच्छाएको यो काम गर्छु भन्ने प्रतिवद्धता व्यक्त गरेपछि उनीहरूलाई पहिलो किस्तामा १० हजार रुपैयाँ प्रदान गरिएको रेडक्रस शाखाका कार्यालय प्रमुख श्रीकान्त घिमिरेले बताए । उनका अनुसार पहिलो किस्ता लिएर कबोल गरे अनुसारको काम गरे नगरेको अनुगमन गरी तीन महिना पछि काम थालेका आधारमा पुनः १० हजार रुपैया थप गरिएको हो ।

त्यसरी, दोस्रो किस्ता समेत पाउनेको संख्या तीन सय दुई रहेको छ । उनीहरू कुल चार सय ६० जनाले सहयोगका लागि आवेदन गरेकामध्येबाट तीन सय दुई जना छनौट भएका हुन् घिमिरेले बताए । उनका अनुसार त्यसरी सहयोग रकम लिनेहरूले कसैले कुखुरा पालन, कसैले सिलाई मेसिनसहित कपडाको पसल, कसैले किनारा पसल, तरकारी खेती, भेडा पालन जस्ता काम गरेका छन् ।

Related News

सम्बन्धित समाचार

  • पत्रकार महिलालाई डिजिटल साक्षरता अभियान

    आदर्श समाज सम्वाददाता असार ९, २०८१
    पोखरा । सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशको आयोजनामा डिजिटल साक्षरता अभियान अन्तरगत सूचना र प्रविधिमा महिलाको पहुँच विषयक तालिम भएको…
  • दलित महिलाको सशक्तीकरण जरूरी : प्रदेश प्रमुख भट्ट

    आदर्श समाज सम्वाददाता असार ५, २०८१
    पोखरा । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विभेदको दोहोरो शोषणमा परेका दलित महिलाको सशक्तिकरण जरूरी रहेको बताएका छन् । दलित…
  • सुरु भयो लेडी जेसीज सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १७, २०८१
    पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले पुरुषजत्तिकै महिलाको सहभागिता र प्रतिनिधित्वले मात्र लोककल्याणकारी राज्य स्थापना हुने बताएका छन् ।…
  • पोखरा लेडी जेसीजको सप्ताह

    आदर्श समाज सम्वाददाता जेठ १५, २०८१
    पोखरा । पोखरा लेडी जेसीजले यस वर्ष पनि जेसीज सप्ताह कार्यक्रम गर्ने भएको छ । यस वर्ष ‘लंैगिक समानता, समावेशी,…
  • बेनीमा ‘आमा समूहसँग उपप्रमुख’ कार्यक्रम   

    आदर्श समाज सम्वाददाता जेठ १३, २०८१
    म्याग्दी । महिलालाई आर्थिक रूपमा सबल बनाउन तथा घरेलु हिंसा रोकथाममा सघाउने उद्देश्यले बेनी नगरपालिकाले ‘आमा समूहसँग उपप्रमुख कार्यक्रम’ सञ्चालन…

hero news full width