वातावरण संरक्षणका लागि बुटिक चौतारी

रासस
जेठ २४, २०७६
HB_pokhara_06072019_pokharachautari

पोखरा, २४ जेठ । संरक्षणको अभावमा शहरी क्षेत्रका चौतारा प्रतिवर्ष लोप हुँदै गएका छन् तर यहाँ दुई संस्थाको अगुवाइमा गरिएको बुटिक चौतारी निर्माण यतिखेर उदाहरणीय बनेको छ ।

पोखराको हरियाली एवं वातावरणीय सुन्दरतासँगै पैदलयात्रीको विश्रामस्थलका रुपमा लिइएका बुटिक चौतारी सडकको दायाँबाँया निर्माण गरिएका छन । सिद्धार्थ राजमार्गसँग जोड्ने मुख्य सडकखण्डको नागढुङ्गादेखि पृथ्वीचोकसम्म ७०० मिटर लम्बाइ क्षेत्रमा लगभग रु आठ लाखको लागतमा कूल ८७ चौतारा निर्माण गरिएका छन ।

पोखरा महानगरपालिका वडा नं ८ र ९ को सिमानास्थित सडकको पश्चिमतर्पm महानगरको रु दुई लाख र वडास्तरीय बजेट रु दुई लाख जनसहभागितामा ४४ चौतारी निर्माण गरिएका नागढुङ्गा चौतारी उपभोक्ता समितिका अध्यक्ष विनोद लामिछानेले जानकारी दिए । उनका अनुसार साना–साना एकै खालका गोलाकार ढुङ्गाबाट निर्माण गरिएका प्रत्येक चौतारी दुई फिट उचाइ र सात फिट गोलाइका छन ।

नागढुङ्गा युवा क्लब र लायन्स क्लब अफ फेवा सिटीद्वारा तीन वर्षअघि संयुक्तरूपमा १०० भन्दा बढी बिरुवा रोपिएको जानकारी दिँदै लामिछानेले चौतारी निर्माणले यस क्षेत्रको वातावरण संरक्षणसँगै सौन्दर्यतामा समेत वृद्धि ल्याएको बताए । त्यस्तै सडकको पूर्व वडा नं ९ तर्फ करीब रु चार लाखको लागतमा ४३ चौतारी निर्माण गरिएका छन । साना रुख संरक्षणका लागि चौतारी निर्माण समितिका अध्यक्ष कमल काप्mलेका अनुसार सडक किनारमा रहेका बिरुवाको संरक्षणसमेतको उद्देश्यका साथ चौतारी निर्माण गरिएको हो ।

चौतारी निर्माणमा रु चार लाखभन्दा बढी खर्च भएको बताउँदै उहाँले पोखरा वडा नं ९ को रु तीन लाख ८७ हजार र बाँकी रकम स्थानीय जनश्रम परिचालन गरिएको जानकारी दिए । सो क्षेत्रका सडकको दुवै किनाराका फुटपाथमा कपुर, एभोकाडो, लिची, अम्बा, आँप, हलुवावेद, कल्की, निम, चाँपलगायतका सदाहार प्रजातिका बिरुवा लगाइएको बताउँदै उनीहरुले बिरुवा र चौतारीको संरक्षण चुनौतीपूर्ण रहेको बताए ।

महानगरलाई हरित शहरका रूपमा विकास गर्ने अभियानलाई चौतारा निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गरेको महानगरका प्रमुख मानबहादुर जिसीले जानकारी दिए । एक घर दुई बिरुवा अभियान सञ्चालन गर्ने हो भने पोखरा केही वर्षको अवधिमा नै वातावरणमैत्री शहरका रुपमा विकास हुने उनले बताए ।

कंक्रिट विकासले तीव्रता पाएको वर्तमान अवस्थामा चौतारा संरक्षणका लागि गरिने प्रत्येक प्रयासमा महानगरको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै उनले यस्ता नमूना कार्यलाई नगरवासीको सक्रिय सहभागितामा शहरका विभिन्न मागमा विस्तार गर्दै जाने विश्वास व्यक्त गरे । पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले सडक निर्माणकार्य पर्याप्त भइसकेको बताउँदै आगामी दिनमा वातावरण तथा कृषिजन्य उत्पादनमा जोड दिइने बताए ।

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न हरियाली बढाउनुपर्नेमा जोड दिँदै महानगरका इञ्जिनीयर सुरेन्द्र पौडेलले कंक्रिट बस्ती विकास र जथाभावी खानेपानी बोरिङ खन्ने प्रवृत्ति पोखराको चुनौती रहेको जानकारी दिए । चौतारैचौतारा र पोखरीको शहरको रूपमा परिचित पोखरामा विसं २०५८ सम्म ६०० भन्दा बढी चौतारा रहेको तथ्याङ्क रहे पनि अहिले २९८ मात्र बाँकी रहेका नागरिक समाजका अगुवा रामबहादुर पौडेलले जानकारी दिए ।

सडक निर्माण, घर एवं मठमन्दिरको संरक्षणका लागि भन्दै वर, पिपल र सम्मीसहितका ऐतिहासिक चौताराका रुख काट्ने र जग्गा हडप्ने प्रवृत्तिलाई निरुत्साहित पार्दै प्राचीन धरोहर एवं सार्वजनिकस्थलको संरक्षणमा स्थानीय तह, जनप्रतिनिधि र सिङ्गो समाज सङ्गठित भएर लाग्नुपर्ने उनले बताए। गण्डकी प्रदेशसभाले वर, पिपल तथा चौतारो संरक्षणसम्बन्धी ऐन, २०७५ पारित गरी कार्यान्वयनमा समेत ल्याइएको छ ।
–हरि बाँस्तोला

Related News

सम्बन्धित समाचार

  • बाढीपहिरोबाट तनहुँमा ७ हजार प्रभावित हुने अनुमान   

    आदर्श समाज सम्वाददाता असार १०, २०८१
    दमौली ।  यस वर्षको बाढीपहिरोबाट तनहुँमा सात हजार प्रभावित हुनसक्ने अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले तयार गरेको आपत्कालीन…
  • जलवायु परिवर्तनका असरबारे चिन्ता

    आदर्श समाज सम्वाददाता जेठ २६, २०८१
    पोखरा । जलवायु परिवर्तनको असरबारे एक कार्यक्रमका वक्ताले चिन्ता व्यक्त गरेका छन् । निवृत्त प्राध्यापक समाज पोखरा आयोजनामा शुक्रबार ‘जलवायु…
  • बकुल्लाको बास जोगाउन आग्रह

    आदर्श समाज सम्वाददाता जेठ २५, २०८१
    पोखरा । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालले पोखरा महानगरपालिका वडा नम्बर ६ को बाराही घाटमा रहेको बकुल्लाको बास…
  • अन्नपूर्णमा वृक्षरोपण

    आदर्श समाज सम्वाददाता जेठ २४, २०८१
    पोखरा । विश्व वातावरण दिवस अवसरमा अन्नपूर्ण गाउँपालिका आयोजनामा वृक्षरोपण गरिएको छ । पालिका परिसर, सडक पेटी, वडा. २ र…
  • लेकसिटीका विद्यार्थीले घार्मीडाँडामा रोपे बिरुवा

    आदर्श समाज सम्वाददाता जेठ २३, २०८१
    पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराका विद्यार्थीले विश्व वातावरण दिवसको अवसर पारेर बुधबार वृक्षरोपण गरेका हुन् । सामाजिक…

hero news full width