लेकसिटीका विद्यार्थीले घार्मीडाँडामा रोपे बिरुवा

आदर्श समाज सम्वाददाता
जेठ २३, २०८१
lccrc plantation

पोखरा । लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर पोखराका विद्यार्थीले विश्व वातावरण दिवसको अवसर पारेर बुधबार वृक्षरोपण गरेका हुन् । सामाजिक कार्य र आमसञ्चार तथा पत्रकारिता विषयका विद्यार्थीको अग्रसरतामा पोखरा १९ घार्मीस्थित ओमकारेश्वर मन्दिर आसपासमा विभिन्न ५१ वटा बिरुवा रोपिएको हो । पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेसँगको समन्वयमा स्थान छनोट गरी वृक्षरोपण गरिएको बिएएसडब्लु प्रथम वर्षका विद्यार्थी विज्ञानराज सुवेदीले बताए । उनका अनुसार पैयुँ, एभोकाडो लगायत घार्मीको भूगोलका लागि उपयुक्त बिरुवा रोपिएको छ । बिरुवा डिभिजन वन कार्यालय कास्कीले उपलब्ध गराएको हो ।

नागरिकको स्वास्थ्य पहिलो प्राथमिकता रहेको र त्यसका लागि स्वच्छ वातावरण आवश्यक रहेकाले वृक्षरोपण गरिएको हो । यसका लागि डिभिजन वन कार्यालयले बिरुवाहरु उपलब्ध गराएको थियो । वडाध्यक्ष पाण्डेले ज्याकारन्डाको बिरुवा रोपेर कार्यक्रमको सुरुआत गरे । कार्यक्रममा पाण्डेले विद्यार्थीहरु सामाजिक कार्यमा संलग्न हुनु निकै प्रसंशनीय रहेको भन्दै स्वदेशमै बसेर मातृभूमिको सेवा गर्न आग्रह गरे । उनले भने, युवाहरु पलायन हुनुभन्दा देशमै सम्भावना खोज्नुपर्छ, तपाईंहरु नै देशको मेरुदण्ड हो, युवाहरुले चाहे भने देश परिवर्तन सम्भव छ ।’ मुलुकभित्रै सम्भावना पहिचान गरी देश विकासमा टेवा पु¥याउन उनको आग्रह थियो ।

कार्यक्रममा क्याम्पस प्रमुख नारायण श्रेष्ठ, आमसञ्चार तथा पत्रकारिताका उपप्राध्यापक केशवशरण लामिछाने, बिएसडब्लुकी उपप्राध्यापक रोशिना कुँवरसहित पहिलो, दोस्रो तेस्रो वर्षका विद्यार्थीको सहभागिता थियो । क्याम्पस प्रमुख श्रेष्ठले घार्मीमा रोपिएका बिरुवाको नियमित संरक्षणका लागि विद्यार्थीलाई प्रेरित गरिने बताए । कलेजका विद्यार्थीहरुले विभिन्न दिवस र अवसर पारेर निरन्तर सामाजिक कार्य गर्दै आएका छन् । २ महिना पहिला विद्यार्थीहरुकै अग्रसरतामा भएको रक्तदानमा ५० युनिटभन्दा बढी रगत संकलन भएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग